काठमाडौं, मंसिर १६ । भारतको चेन्नइमा आएको भीषण वर्षापछिको बाढीमा परी
कम्तिमा ५६ जनाको मृत्यु भएको छ । बाढीमा परी सयौं विस्थापित भएका छन् ।
भीषण वर्षाका कारण चेन्नईको जनजीवन अस्तव्यस्त भएको छ ।
बाढीमा परेकाहरुको उद्दारका लागि सरकारले सेना, नौसेना र राष्ट्रिय विपद्
बल परिचालन गरेको छ । चेन्नईको विमानस्थल डुवानमा परेपछि मंगलबार
साँझदेखि बन्द गरिएको छ ।
वर्षाका कारण रेल र बस सेवासमेत प्रभावित भएका छन् । शिक्षा विभागले
शहरका विद्यालय तथा क्याम्पससमेत बन्दको घोषणा गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले भीषणा वर्षाका कारण चेन्नईमा विद्युत् सेवासमेत
बन्द भएको जनाएका छन् । मौसम विभागले आगामी ४८ घण्टासम्म पानी पर्ने
अनुमान गरेको छ । (एजेन्सी)

प्रतिक्रिया