रौतहट, मंसिर १७ । अवैध रुपमा काठमाडौं लैजान लागिएको ठूलो परिमाणको
इन्धन प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट नियन्त्रणमा लिएको छ ।
काँकडभिट्टा नाका हुँदै भारतबाट ल्याइएको साढे नौ हजार लिटर डिजेल र
पेट्रोल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको हो ।
जनकपुरबाट काठमाडांै जाने ना ३ ख ७५२६ नम्बरको पाम डिलक्स र
काँकडभिट्टाबाट काठमाडौं चल्ने ना ४ ख ८११९ नम्बरको सुपर अग्नि ट्राभल्स
बसमा राखेर लैजान लागिएको इन्धन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यात्रु ओसार्ने दुई वटा सार्वजनिक बसको छत र भित्रि सिटमा साना जर्किन
भरेर इन्धन काठमाडौं ल्याउन लागिएको थियो । यात्रु बस्नुपर्ने बसको सिटमा
इन्धन भरिएका जर्किन र ग्यालिन मात्रै भएपछि नियन्त्रणमा लिइएको प्रहरीले
जनाएको छ ।

प्रतिक्रिया