बारा, पर्सा १० पुस । बारा र पर्सामा आधा सिलिन्डर ग्यास लिनेहरुको लाम लागेको छ ।
वीरगंजको नेशनल टे«डिङमा नेपाल र मनोज ग्यास पाउने आशामा सर्वसाधारणहरु
लाइनमा लागेका छन् । त्यसैगरी बारा सदरमुकाम कलैयामा ग्यासका लागि
लगाइएको खाली सिलिण्डरको लामो लाइनले मधेसको पीडा सचित्र देखाएको छ ।
कलैयास्थित उद्योग वाणिज्य संघको गेटदेखि भरत चोक हु"दै देवकोटा चोकसम्म
नै खाली सिलिण्डरको लाइन लागेको छ । बारा उद्योग वाणिज्य संघको विशेष
पहलमा ७।१ केजी अर्थात आधा सिलिण्डर ग्यास ६ सय ९० रूपैया"मा पाइने
बताइएपछि डीपो अगाडि निकै लामो लाइन लागेको हो ।
बिहीवार सा"झदेखि नै मानिसहरू लाइनमा बसेका छन । तर, ग्यास भने आइतवार
मात्रै दिइने बताइएको छ । विहीवार र शुक्रवार कुपन बा"डिएको र आइतवार
ग्यास दिइने बारा उद्योग बाणिज्य संघका महासचिव राजकुमार साहले बताए ।
विगत साढे चार महिनादेखिको लामो अनिश्चितकालीन आन्दोलनले इनधन, ग्यास
लगायतका अति आवश्यक सामानको अभाव मधेसमा पनि उत्तिकै देखिएको छ ।
काठमाडौंंजस्तै मधेसमा पनि ग्यासमा कालोबजारीले छोइनसक्नु भएको छ ।
ग्यासको अभावमा मानिसहरूले लामो समयदेखि दाउरामै खाना पकाउन थालेका छन ।
तर, मधेसमा दाउरा पाउन त्यति सहज छैन । सरकारले काठमाडौंंमा दाउरा बेच्ने
अभियान चलाए पनि मधेसमा त्यस्तो सरकारी अभियान चलेको छैन ।

प्रतिक्रिया