रौतहट, पुस ६ । रौतहटमा सोमवार पनि विहानै देखि विरोध प्रदर्शन भएको छ ।
गाउंगाउमां मोर्चा समर्थितहरूले प्रदर्शन थालेका छन ।
मोर्चाका कार्याकर्ताहरूले बंकुल प्रहरी चौकीमा रहेको प्रतिक्षालयमा
आगजनी गरेका छन भने इलाका प्रहरी कार्यालय कटहरीयाको गेट र कम्पाउडमा
तोडफोड गरेका छन ।
यसैबीच गौरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा बिहान ६ देखि १०
बजेसम्म हटाइएको छ । अत्यधिक जाडोका कारण अनिश्चित समयका लागि लगाइएको
कफ्र्यु केही समयका लागि हटाइएको हो ।
प्रहरी र प्रदर्शनकारीबीच आइतवार भएको झडपमा प्रहरीको गोली लागि
आन्दोलनकारी एक जना शेष तरबेजको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले
आइतवार ४ बजेदेखि कफ्र्यु लगाएको थियो ।
झडपमा एक दर्जन आन्दोलनकारी र २१ जना प्रहरी घाइते भएको प्रहरी नायब
उपरिक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । यता, बीरगञ्जमा पनि
विहानैदेखि प्रदर्शन थालिएको छ ।

प्रतिक्रिया