पर्सा, मंसिर २९ । वीरगन्ज सिर्सिया सुक्खा बन्दगाहको ढुवानी अवरुद्ध
गर्न धर्ना बसेका ११ जनालाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साबाट गएको टोलीले संयुक्त लोकतान्त्रिक
मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी गठबन्धनका नेता तथा कार्यकर्तालाई
राति १ः३० बजे नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले
जानकारी दिए ।
ती नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी
अनुसन्धान भइरहेको उनले बताए । (रासस)

प्रतिक्रिया