वीरगंज, १० पुस । संघीय समावेशी मधेशी युवा गठबन्धन पर्साले वीरगंजमा
मोटरसाइकल रयाली निकालेको छ । भोली गठबन्धनको आयोजनमा वीरगंजको माईस्थान
चौकमा हुने अधिकार प्राप्तिका लागि मधेश जागरण युवा सभाको पूर्वसन्ध्यामा
सो मोटरसाईकल रयाली निकालिएको जनाइएको छ ।
मधेश मुक्ति आन्दोलनको सफलता युवाको का"धमा रहेको मूल नाराका साथ युवा
गठबन्धन पर्साका संयोजक ईश्वर यादवको नेतृत्वमा वीरगंजको घण्टाघरबाट
निकालिएको रयाली नगरको बिभिन्न भागमा परिक्रममा गरी पुनः घण्टाघरमा आएर
सम्पन्न भएको थियो ।
सो रयालीमा गठबन्धनका युवा नेताहरू धर्मेन्द्र पटेल, ओमप्रकाश सर्राफ,
धुरेन्द्र पटेल, रोशन कुमार, अनिल गुप्ता, धर्मेन्द्र गुप्ता, जलेश्वर
सर्राफ, हुसेन समानी, पंकज पटेल, अमित कुमार, बिष्णु कुमार, अजय गुप्ता,
अनिल पटेल, भरत सर्राफ, प्रवेश सर्राफ, धननजय मिश्रा, संदिप चौरसिया,
निशान्त मिश्रा लगायत उल्लेख मात्रामा युवा नेताहरूको सहभागिता रहेको
थियो । यसैबिच भोली हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको र
उल्लेखय मात्रामा आम मधेशी समुदाय लगायत सम्पुर्ण सरोकारवालाहरूको
सहभागिता हुने संयोजक यादवले बताए ।

प्रतिक्रिया