वीरगन्ज, मंसिर १७ । वीरगन्जको रक्सौल नाकामा धर्नामा बसेका मधेसी
मोर्चाका कार्यकर्ता भारतीय पक्षबाट लखेटिएका छन् ।
बुधबार राति ९ बजे भारतबाट लाठीसहित नेपाल प्रवेश गरेको भारतीय समुहले
मितेरी पूलमा धर्नामा बसेकामाथि अन्धाधुन्ध आक्रमण गरी मोर्चाका
कार्यकर्तालाई लखेटेका छन् ।
आक्रमणमा पाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेमध्ये एक जनाको
अबस्था गम्भीर छ । घाइते सबैको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय
अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणपछि आन्दोलनकारी तितरबितर भएका थिए । सोही समयको फाइदा उठाउँदै
एउटा भारतीय ट्रक रक्सौल छिरेको छ ।
भारतीयहरुले मोर्चा कार्यकर्ताले टांगेको पालसमेत भत्काएका छन् ।
भारतीयहरु फर्किएसँगै गएरातिबाट मोर्चाका कार्यकर्ता पुनः धर्नामा बसेका
छन् ।
मोर्चाका कार्यकर्ताले विगत अढाई महिनादेखि नाकामा बसेर धर्ना दिइरहेका
छन् । सोही ट्रक भारत छिराउनका लागि भारतीयहरुले आक्रमण गरेको हुनसक्ने
प्रहरीले जनाएको छ ।

प्रतिक्रिया