बारा, २७ मंसिर
जारी नाकाबन्दी एवं मधेस आन्दोलनले ग्यास नपाएका कलैयाबासी अब सोमवार
देखि ग्यास पाउँने भएका छन । बिगत चार महिना देखिको लामो अनिश्चितकालिन
आन्दोलनले इनधन, ग्यास लगायतका अतिआवश्यक समानको हाहाकार एवं कालोबजारी
भएपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।
बारा उद्योग बाणिज्य संघको बिशेष पहलमा ७।१ केजी अर्थात आधि सिलिण्डर
ग्यास ६ सय ९० रूपैयामा पाउँने व्यवस्था मिलाईएको छ । आईतवार ग्यास
पाउँने हल्ला चलेपछि कलैया स्थित उद्योग बाणिज्य संघको गेटदेखि नै खाली
सिलिण्डरको लामो लाईन लागेको छ । यो सेवा जगदम्बा ग्यासका उपभोग्ताले
मात्र पाउँने संघका महासचिव राजकुमार साहले बताए ।
बाराको प्रसौनिमा रहेको जगदम्बा ग्यास उद्योग प्रालिसंग उद्योग बाणिज्य
संघले गरेको बिशेष पहलका आधारमा जगदम्बा ग्यास सिलिन्डर भएकालाई आधी
सिलिण्डर ग्यास दिने व्यवस्था गरिएको महासचिव साहले बताए । त्यसकालागि
आईतवार ६ सय ९० रूपैया र जगदम्बाकै खाली सिलिण्डर सड्ढलन गरी एउटा कुपन
दिन्छौ र सोमवार देखि सो कुपनका आधारमा ७।१ केजी अर्थात आधी सिलिण्डर
ग्यास दिन्छौ महासचिव साहले भने । स्थानीय डिलरमार्फत यो सेवा ग्राहकले
पाईरहेका छन ।
लामो समयदेखि ग्यासको हाहाकार खेपेका र दाउँरामै खाना पकाउँन बाध्य
कलैयाबासी ग्यास पाउँने हल्ला चलेपछि उद्योग बाणिज्य संघको कार्यालय
अगाडी लागेको लामो लाईनमा बस्न बाध्य भएका छन । जगदम्बा बाहेक फरक
उद्योगको ग्यास प्रयोग गर्नेले यो सेवा नपाउँने र उनीहरूकालागि पनि आउँने
दिन व्यवस्था गर्ने काम भईरहेको संघले जनाएको छ ।
संघले ग्यास पाउँने व्यवस्था गरेपछि यहाँका सेवाग्राही सर्वसधारणले
लाईनमा बसेर पैसा तिरि कुपन लिईरहेका छन । लाईनमा सर्वसधारणका साथै मधेस
आन्दोलन गरिरहेका दलका केन्द्रीय सदस्य चुमनबाबु केवट पनि भेटिएका थिए ।
आफैले गरेको आन्दोलनले घरमा ग्यास सकेको र यहाँ ग्यास पाउँने थाहा पाएर
आएको केवटले बताए । केवट जस्तै अरू थुप्रै आन्दोलनकारीहरू ग्यासका लागि
लाईनमा बसेका छन ।

प्रतिक्रिया