रौतहट, २३ मंसिर। जिल्ला बन कार्यालय रौतहटको निष्कृयतासँगै वन कर्मचारी
र तस्करको मिलेमतोमा व्यापक वन फडानी भइरहेको छ । रौतहटको
चन्द्रनिगाहपुर, बृन्दाबन, धन्सार, रेन्जपोष्ट अन्तर्गतको जंगलमा ब्यापक
मात्रामा सालको रूख कटान भएको छ भने कतिपय गोलाई बनाई तस्करहरूले
लगिसकेका छन ।
जिल्ला बन कार्यालय अन्तरगतको चोचा र चेतनगर इलाका बन कार्यालयको
क्षेत्रमा पर्ने अधिकांश रेन्जपोष्टहरूमा ईन्चार्ज लगाएतका बन
कर्मचारीहरू नबस्ने गरेकाले पनि बनमा हानि नोक्सानी बढेको छ । जिल्लाको
बलरी, चन्द्रनिगाहपुर, रंगपुर, गैडाटार, बागमती, जुडिबेला, चेतनगर, चोचा
लगाएतको जंगलमा विगत चार महिना भित्रमा करौडौं रूपैयाँ बराबरको काँचो
सालको रूख कटान गरी तस्करले लगेका छन ।
संगठित काठ तस्करहरूले केही वर्ष अघिसम्म सर्लाहीको वनबाट काठ तस्करी
गर्ने गरेका थिए । तस्करकै कारण सर्लाहीको वन क्षेत्र विनास भएपछि अब
बारा र सर्लाही दुवै तर्फका काठ तस्करहरूले रौतहटको वनलाई आफ्नो रोजाइ
बनाएका छन ।
वन गस्तीमा कमी आउनु र निगरानी फितलो भएकै कारण रौतहटको वन समाप्त हुने
अवस्थामा पुगेको स्थानीयको भनाइ छ । जिल्लाको २९ हजार ४ सय हेक्टर
क्षेत्रफलमा फैलिएको वनमा जंगलसहीया, रंगपुर र वृन्दावन गरी तीन वटा
साझेदारी वन र ४२ वटा सामुदायिक वन छन । सम्बन्धीत निकायको उदाशिनताका
कारण सर्लाही, रौतहट र बारा जिल्लाहरूमा रहेका चारकोसे झाडी उजाड भइरहेका
छन ।
मधेसमा जारी आन्दोलन र नाकाबन्दी तस्करहरूका लागि सबैभन्दा उपयुक्त समय
बनेकाले अहिलेकै रफ्तारमा वन फडानी जारी रहे एक वर्ष भित्रै रौतहटको बन
सखाप हुने चन्द्रनिगाहपुरबासी बताउँछन । संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाले संचालन गरेको मधेस आन्दोलनको खासै प्रभाव नदेखिएका उत्तरी भेगका
वन क्षेत्रहरूबाट व्यापक मात्रामा काठको चोरी निकासी भइरहेका प्रमाण
भेटाएपनि कसैमाथि कारबाई भएको छैन ।
विभिन्न रेन्जपोष्टमा राखिएका काठहरू समेत वन कर्मचारीले नै तस्करलाई
बेच्ने गरेका छन । चोचा रेन्जपोटको हाता भित्र राखिएका सयौं क्यूफिट काठ
सहायक वन अधिकृत सोनफी पासवानले अबैध रूपमा तस्करलाई बिक्री गर्दा इलाका
प्रहरी कार्यालय गरूडाले पक्राउ गरे पनि हालसम्म कारबाई नहुँदा काठ तस्कर
र कर्मचारीहरूको मनोवल बढेको छ ।
जिल्ला बन कार्यालयमा अधिकांस सशस्त्र बन रक्षक, बनपाले स्थानीय भएकाले
पनि उनीहरू प्रलोभनमा पर्ने र बन संरक्षण प्रभावकारी नहुने स्थानीयको
बुझाइ छ ।
वनमा अनुगमन एवं गस्ती गर्नका लागि चाहिने इन्धनको अभावमा कर्मचारीहरू
जान नपाउँदा चोरी तस्करी बढेको रौतहटका प्रमुख वन अधिकृत श्रीभगवान
गुप्ताले बताए । वनमा भइरहेको चोरी तस्करी कार्यमा कतिपय कर्मचारीहरूको
संलग्नतालाई नकार्न नसकिने भएपनि सबै कर्मचारी तस्करीमा संलग्न नभएको
उनको दाबी छ ।

प्रतिक्रिया