बारा, २८ मंसिर । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार
नेपालले अहिलेको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गरेका छन ।
बाराको गढीमाई नगरपालिकाको सिमरामा सोमवार आयोजित अञ्चलस्तरीय अगुवा
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले संविधानमा मधेसी, जनजाती,
आदीवासीलगायतका समुदायको अधिकार छ"दैछैन भनेजस्तो भ्रम फैलाएर मधेसमा
आन्दोलन भइरहेको बताए ।
'नेपालको संविधान २०७२ नेपालमा मात्र नभएर बिश्वकै उत्कृष्ठ संबिधान
हो,' नेता नेपालले भने, 'यो संविधानमा हिमाल, पहाड, तराई मधेसका सबै
जनताको अधिकार समेटिएको छ ।'
सबैको हक अधिकार समेटिएको संविधानवारे मधेसवादी पार्टीले भ्रम फैलाएर
आफ्नो स्वार्थसिद्ध गर्नका लागि आन्दोलनमा सर्वसाधारण मधेसी जनतालाई
उक्साएको आरोप उनले लगाए । निर्वाचनमा मधेसी जनताले नै हराएका केही थान
नेताले अहिले भोटको राजनीति गरेको उनले बताए । अधिकारको नाममा मधेसी
नेताले भोटको राजनीति गरिरहेकाले सचेत मधेसी जनताले उनीहरूको पछि कहिलै
नलाग्ने दाबी उनले गरे । 'मधेसीको अधिकार संविधानमा छैन, अब केही पाउ"दैन
भन्ने भ्रम फैलाउ"दै मधेसी दलका नेताले आन्दोलन गर्नुस तपाईं मरे हामी ५०
लाख दिन्छौ' भन्दै आन्दोलन गरेर सम्पूर्ण नेपालीलाई दुःख दिने काम
भइरहेको बताए ।
अहिले मधेसवादी दलका नेताले गराएको नाकाबन्दी एवं आन्दोलनले देशकै
अर्थतन्त्रमा ठूलो नोक्सानी हुनुका साथै यो आन्दोलनले सबैभन्दा बढी मधेसी
जनता नै पीडित भएका उनले भने । अहिले बारा पर्सामा रहेका उद्योगहरू बन्द
भएकाले त्यहा" काम गर्ने मधेसी युवाहरू अहिले बेरोजगार भएको नेता नेपालले
बताए ।
नेपालले आफ्नै बिहारबाट सेना लिन नसक्ने भारतले नेपाललाई यही विषयमा पाठ
सिकाउन खोजेको आरोप लगाएका छन । उनले मधेसमा दुईरचार जनाले नया"
संविधानवारे भ्रम फैलाएको भन्दै यसको पछि नलाग्न पनि आग्रह गरे ।
'एउटा देशले अर्काे सार्वभौम देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न
मिल्दैन,' उनले भने, 'के भारतमा पञ्जाबी मात्र सेनामा लायक हुन, विहारी
हुन सक्दैनन ? विभेद आफैं गर्ने र अरूलाई पाठ सिकाउने ?' उनले भने । एक
अर्काे प्रसङ्गमा उनले भने, 'नेपालको मधेसमा मधेसीको बसोबास पा"च हजार
वर्ष पुरानो इतिहास छ, त्यसैले मधेसी आदिवासी हुन । विहारी भन्नेसित हामी
प्रतिवाद गर्न तयार छौं ।'
क्षमता नभएका केही नेताले ५० लाख दिने भन्दै आन्दोलनमा दर्जनौं मर्न
उक्साएको उनले आरोप लगाए । उनले भने '५१ लाख दिन्छौं, तर तिनै नेताले
आफ्ना सन्तान आन्दोलनमा पठाउन् त ?' संविधानमा केही भाषगत त्रिटी भएकाले
त्यसलाई सच्याएर र छुटेका अधिकार संसदबाट स्थापित गराउन उनले आग्रह गरे ।
कार्यक्रममा एमालेका बारारपर्साका सांसद, पूर्वमन्त्री तथा नेताहरू
सहभागी थिए ।
एमाले नारायणी अञ्चल कमिटी इनचार्ज केदार न्यौपानेको अध्यक्षतामा भएको
कार्यक्रममा एमाले नेता नागेन्द्र चौधरी, बलबिर चौधरी, पुरूषोतम पौडेल,
अच्युत मैनाली, बिरोध खतिवडा, बिचारी यादव, राजकुमार गुप्ता, मनु सिग्देल
लगायतको सहभागिता थियो ।

प्रतिक्रिया