वीरगंज, ५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, पर्साले प्रेस
विज्ञप्ति जारी गरी मधेश आन्दोलन उत्कर्षमा भएर सरकारसंग वार्ता भईरहेको
बेला नेपाल प्रहरीले मधेश अन्दोलनलाई समाप्त पार्ने उद्देश्यले सरकारको
निर्देशनमा सदा पोशाकको प्रहरी आन्दोलनमा लगाई प्रहरीमाथि नै ढुङगा मुढा
गराईरहेको प्रति ध्यानकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा प्रशासनले आन्दोलन लाई अनैतिक गतिविधि गराई सदापोशाकको
प्रहरी लगाई बदनाम गराउने कोशिष गरिरहेको बताउंदै यसको पछिल्लो उदाहरण
आइतवार साझ सवा ४ बजे सशस्त्र प्रहरीमाथि ढुङगामुढा गरिरहेका सदापोसाकका
७ जना प्रहरीले २ जना प्रदर्शनकारीलाई प्रहरी समक्ष बुझाउन ल्याउदा"
सशत्र प्रहरीले ती सातै जनाले प्रहरीमाथि ढुङगामुढा गरेको भनेर निर्मम
तरिकाले कुटपिट गर्नुको साथै एक जना सादा पोसाक प्रहरीको नाक समेत फुटाई
दिएको अवस्था रहेको थियो ।
त्यसैगरी प्रहरीले रौतहटको गौरमा ताकेर सेख तबरेजलाई गोलि हानेको प्रति
मोर्चा घोर भत्र्सना गरेको छ ।
यस प्रकारको गतिविधि प्रहरीले अविलम्ब बन्द नगरे त्यसको परिणाम अकल्पनीय
हुने संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादव, तराई मधेश
लोकतान्त्रिक पार्टिका पर्सा अध्यक्ष पुरूषोतम झा, सदभावना पार्टीका
पर्सा अध्यक्ष इमदात गद्दि, तराई मधेश सदभावना पार्टिका पर्सा अध्यक्ष
प्रेम चन्द्र कुशवाहाको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया