बीरगंज १४ पुस÷
६४ औं गीता जयन्ती महायज्ञ समारोह प्रत्येक बर्ष झै यस वर्ष पनि गीता
मन्दिरमा वैदिक विधि अनुसार भईरहेको छ । प्रत्येक बर्ष मोक्क्षदा
एकादशीका दिन देखी शुरु हुने जयन्ती ११ दिन सम्म चल्ने गीता मन्दिर
समारोह समितीका अध्यक्ष मदन गुप्ताले बताउनु भयो । पुस ५ गते आईतबार देखि
शुरु भएको जयन्ती १५ गते बुधबार सम्म चल्ने बताईएको छ । प्रत्येक दिन
बिहान ९ बजे देखी साढे ११ बजे सम्म र दिउसो २ बजे देखी ५ बजे सम्म
प्रत्येक दिन गीता पाठ, हवन भईरहेको गीता मन्दिरका पुजारी पण्डित प्रयाग
तिवारीले बताउनु भयो । प्रत्येक दिन गीता मन्दिरमा आरती, प्रसाद वितरण र
भजन किर्तन हुने गीता जयन्ती समारोह समितिले बताएको छ । गीता मन्दिरमा ११
दिनसम्म भक्तजनहरुको ठुलो मेला लाग्ने गरेको छ । ५ गते आईतबार देखी शुरु
भएको गीता जयन्तीमा कथा वाचका लागि मुख्य आचार्य उपाचार्य पण्डित
क्षेमनाथ शर्मा लगातय अन्य ९ जना आचार्यहरु रहनु भएको छ । ६४ बर्षदेखि
नेपालमा निरन्तर गीता जयन्तीको आयोजना भइरहेको तथा गीता अध्ययन मण्डलका
संस्थापक ब्रम्हलीन १००८ स्वामी इश्वरानन्दजी महाराजले गीता जयन्तीको
सर्वप्रथम शुभारम्भ गर्नुभएको थियो । इश्वरानन्दजी महाराजकी शिस्य माता
करुण भारती ब्रह्मलिन हुनु भए पश्चात उहा"को शिस्य वाराणासीका स्वामी अजय
भारती गत बर्ष देखी यस महायज्ञमा सहभागी भई शोभा बढाई रहनु भएको संचालक
समितीका अध्यक्ष मदन गुप्ताले बताउनु भयो । साथै काठमाण्डौ, धरानमा पनि
गीता मन्दिरमा गीता जयन्ती प्रत्येक बर्ष मनाइने गरिएको छ । यस बर्ष
जमानको रुपमा रुंगटा वेलफेयर सोसाईटीका संचालक तथा समाज सेवी मुर्लीधर
रुंगटा रहनु भएको छ । यसघी पुस ५ गते रुंगटा वेलफेयर सोसाईटीका संचालक
तथा समाज सेवी मुर्लीधर रुंगटाले एक समारोहका बीच वैदिक विधिद्वारा हवन
कुण्डमा अग्नी प्रज्वलित गरी पुर्वाङ्ग गर्नु भएको थियो ।

प्रतिक्रिया