रौतहट, १४ पुस । लुटेराको समूहले आज बिहान गौर, चन्द्रनिगाहपुर
सडकखण्डअन्तर्गत गढवामा काठमाडा"ैबाट घर फर्कंदै गरेका दुई जनालाई चक्कु
प्रहार गरेको छ ।
ती दुवै सख्त घाइते भएका छन् । लुटेरा समूहले उनीहरूका साथबाट रू १५
हजार लुटेको छ ।
उनीहरू काठमाडौ"बाट चन्द्रनिगाहपुर आएर मोटरसाइकलमार्फत गन्तव्यस्थलतर्फ
जा"दै थिए । चक्कु प्रहारबाट धरमपुर गाविस–५ बस्ने मंकर गिरी र भारत
विहार घर भएका पंकज जयसवाल घाइते भएका छन् । उनीहरूको शरीरका विभिन्न
भागमा लुटेराले जथाभाबी चक्कु प्रहार गरेका थिए । उनीहरूको गौर अस्पतालमा
उपचार भइरहेको छ ।
गौर चन्द्रनिगाहपुर सडकखण्ड तथा ग्रामीण भेगका सडकखण्डमा केही सातायता
लुटपाटका घटनामा वृद्धि भएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् ।
प्रहरीको ध्यान हाल तराई मधेसमा जारी आन्दोलनमा केन्द्रित रहेका कारण पनि
राजमार्ग क्षेत्रमै लुटपाट लगायत आपराधिक गतिविधिमा वृद्धि भएको जिप्रका,
रौतहटले जनाएको छ ।
जिप्रका, रौतहटका प्रवक्ता राजेन्द्र पोखरेलले आन्दोलनका कारण आपराधिक
गतिविधि वृद्धि भएको बताउ"दै अपराध हुने सम्भावित क्षेत्रमा प्रहरीले
निगरानी गर्न सुरू गरेको जानकारी दिनुभयो।

प्रतिक्रिया