रसुवा, मंसिर १६ । रसुवागढी भन्सार कार्यालयले ड्राईपोटका लागि आवश्यक
पर्ने जग्गाको काम सुरु गरेको छ ।
रसुवाको टिमुरे गाविसमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जको करिब दुई सय
रोपनी जग्गा ड्राईपोटका लागि उपयुक्त मानी आवश्यक प्रक्रिया अगाडि
बढाइएको छ ।
साँघुरो र भिरालो भूभाग भएकाले समथर जग्गाको अभावमा भोटेकोशीको तिरमा
रहेको दुई सय रोपनी जग्गा हालका लागि ड्राईपोट बनाउन उपयुक्त देखिएको
रसुवागढी भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले बताए ।
उनले चीनसँगको ब्यापार बृद्धिसँगै बढ्दो आयात–निर्यात रसुवागढी नाकाबाटै
गरिन लागेकाले भन्सार चेक जाँच तथा कन्टेनर पार्किङका लागि आवश्यक
जग्गाको व्यवस्था गरिएको बताए ।
रसुवागढी ड्राईपोट निर्माण गर्न यस अघि नै चीन सरकारले आवश्यक रकमसमेत
बिनियोजन गरिसकेको छ ।

प्रतिक्रिया