वीरगन्ज मङ्शिर २८ सोमबार: सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले
मधेसका माग सम्बोधन गर्न राज्यले ढिलाइ गरे मधेस आन्दोलन हिंसात्मक हुने
संकेत गरेका छन् ।
सोमबार वीरगन्जमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले आयोजना
गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले शान्तिपूर्ण आन्दोलनको माग पुरा
गर्न सरकार र तीन दल तयार नभए मुलुक भयावह दुर्घटनामा पर्न सक्ने बताए ।
'शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गर्ने हो भने आन्दोलन हाम्रो हातबाट
फुत्किन्छ', उनले भने, 'अहिले हामीले स्वायत्ततासहितको प्रदेशको माग
गरिरहेका छौं । यदि हाम्रो हातबाट आन्दोलन फुत्कियो भने अलग देश
माग्नेहरुको हातमा पुग्छ, आन्दोलन हिंसात्मक हुन सक्छ र मुलुकमा
साम्प्रदायिक द्धन्द्ध पनि शुरु हुने खतरा रहन्छ ।'
यदि त्यस्तो हुन गएमा सबै दोष सरकार र तीन दलले नै लिनुपर्ने उनको जिकिर
थियो । मधेसलाई नेपालबाट अलग बनाउन चाहने शक्तिहरु अहिलेदेखि नै मौका
कुरेर बसिरहेको अध्यक्ष महतोले दाबी गरे । 'त्यो मौका दिने पक्षमा हामी
छैनौँ', उनले भने, 'यसतर्फ सरकार र ठूला तीन दल बेलैमा सचेत हुन जरुरी छ
।'
मधेसी मोर्चाले कुनै नयाँ माग नराखेको भन्दै उनले मधेसका सबै माग पुरा
भएपछि मात्रै जारी आन्दोलन रोकिने बताए ।
मुलुकमा अहिले सम्म यस्तो अभूतपूर्ण र ऐतिहासिक शान्तिपूर्ण आन्दोलन
कहिल्यै नभएको भन्दै अध्यक्ष महतोले शान्तिपूर्ण आन्दोलनप्रति जनताको
भरोा टुट्न दिन नहुनेमा जोड दिए ।
मधेसका माग पुरा गराउन मोर्चाले अन्तिम धक्का दिने तयारी गरिरहेको समेत
उनले बताए । संविधान जारी भएको ३ महिना पुगेको दिन पुस ३ गते अन्तिम
धक्का दिनेगरि जनतालाई आन्दोलनमा उतार्ने तयारी भैरहेको उनले बताए ।
मधेसी मोर्चाका नेताहरुको पछिल्लो भारत भ्रमण निकै फलदायी भएको उनले दाबी
गरे । 'मधेसको मुद्दा र मागबारे भारत लगायत अन्तिर्राष्ट्रिय जगतलाई
जानकारी गरायौं', उनले भने, 'राज्यका तर्फबाट फिजाइएको गलत भ्रमलाई
चिर्ने काम पनि भयो ।'
पत्रकार सम्मेलनमा बोल्दै संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष
प्रदीप यादवले आन्दोलनलाई अझै सशक्त र प्रभावकारी बनाउने तयारी भैरहेको
बताए ।

प्रतिक्रिया