गौशाला, मंसिर २४ । महोत्तरीका विभिन्न सीमानाकामा अहिले तस्करीका लागि
दैनिक एक हजारभन्दा बढी बालबालिका प्रयोग हुने गरेका छन् ।
जिल्लाको प्रमुख भन्सार नाका भिट्टामोड तथा सहायक सीमानाका मटिहानी,
सम्सी, कट्टीकटैया, इटहर्वा, पोखरभिण्डा, रघुनाथपुर, खैरबनी,
बथनाहालगायतका ठाउँमा दैनिक हजारभन्दा बढी बालबालिका सरसामान नेपाल–भारत
ओसारपसारमा लागेको स्थानीय बासिन्दाले बताएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अहिले भारतबाट सरसामान ल्याउन
कडाइका साथ रोक लगाएपछि नेपाली व्यापारीले भारतीय सामान ल्याउन सीमानजिक
बसोबास गर्ने बालबालिकालाई सामान ओसारपसारमा लगाएका हुन् । जिल्लाको
मटिहानी सीमानाकामा मात्रै दैनिक ५०० को हाराहारीमा बालबालिका भारतीय
सरसामान नेपाल ल्याउने काममा संलग्न रहेकोे स्थानीयवासीको दाबी रहेको छ ।
स्थानीयवासीले बालबालिका सीमानाका वा मानिस हिँड्डुल गर्ने ठाउँबाट नभएर
गाई बाख्रा चराउने बहानामा अवैध तरिकाले वनको बाटो भएर भारतीय सामान
नेपाल ल्याउने गरेको बताए ।
त्यस्तै जिल्लाका पोखरभिण्डा र रघुनाथपुरबाट पनि सयौँ बालबालिका दैनिक
नजिकैको वनमा घाँस, दाउराको बाहाना बनाउँदै भारतीय सरसामान नेपाल ल्याउने
गरेको स्थानीयवासी बताउँछन् । त्यस्तै सीमानाका सम्सी, बथनाहा,
कट्टिकटैया र इटहर्वाका बालबालिका दशगजा क्षेत्रमा क्रिकेट, फूटबल
लगायतका खेल खेलिरहेकै क्रममा भारतको बजारबाट सामान नेपाल छिराउने गरेको
पाइन्छ ।
बालबालिका ठूलठूला व्यापारीजस्तो साइकल, मोटरसाइकल, जिप, ट्याक्टर,
टायरगाडा वा अन्य ढुवानीको माध्यमबाट ठूलो माात्रामा नभई स–साना पोका
बनाई हातमा वा टाउको बोकेर ल्याउने गर्दछन् ।
एक दिनमा एउटा बच्चाले दुईदेखि पाँचपटकसम्म थोरैथोरै गरी धेरै सरसामान
ल्याउने गरेका छन् । उनीहरुले एउटा पोका ल्याएबापत १० देखि ५०
रुपैयाँसम्म बालबालिकाको उमेर हेरेर दिने गर्दछन् । जिल्लाका सीमानाकामा
बसोबास गर्ने धेरैजसोका बालबालिका त अहिले पढाइलेखाइ छोडेर पनि नेपाल
भारत सरसामान तस्करीमा दिनभरि बिताउने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन्
।
लामो समयको बन्द र हडतालका कारण मधेसका बालबालिकामा पढ्ने वातावरण
बिग्रिएको र धेरै समय विद्यालय बन्द भएर पनि बालबालिका र तीन अभिभावकले
पठनपाठनतर्फ बढी ध्यान नदिएको अधिकारर्मीहरुले बताएका छन् । (रासस)

प्रतिक्रिया