वीरगंज, २४ मंसिर । जारी मधेस आन्दोलनको क्रममा गोली लागि गम्भिर घाईते
भएका मन्सी पटेलको परिवारलाई त्रिजुद्ध महाबिर प्रसाद रघुबिर राम उच्च
माध्यमिक बिद्यालय वीरगंजका बिद्यार्थी र शिक्षकहरुले नगद सहयोग गरेका
छन् । पर्सा जिल्ला गाबिस बगही वडा नं. ३ निवासी मन्सीलाई संबिधान घोषणा
भएकै दिन अर्थात असोज ३ गते प्रहरी र प्रर्दशनकारी बिच वीरगंज स्थित
माईस्थान चौकमा झडप हुदाँ गोली लागेको थियो । गोली लागेपछि वीरगंजमा
उपचार सम्भव नभए पछि काठमाडौं स्थित वीर अस्पतालमा हाल सम्म उपचार
भईरहेको छ । उनको पिठ्यु , छाती र ढाडको भागमा गोली लागेको थियो ।
उनको उपचार संलग्न चिकित्सकका अनुसार मेरुदण्ड र ढाडको अवस्था निकै नै
जोखिमपुर्ण रहेको परिवारका एक सदस्यले बताए । जिउँदो शहिद मन्सी पटेलको
परिवारीक अवस्था निकै नै दयनिय भएको हुनाले आज त्रिजुद्ध उच्च माबि
वीरगंजका बिद्यार्थी र शिक्षकहले नगद ६ हजार ५०० सय उनको परिवारलाई सहयोग
गरिएको बिद्यालयका शिक्षक रबि चौरसियाले बताए । बिद्यालयमा शिक्षकद्वव
रबि चौरसिया र सरोज पटेलको सक्रियतामा कक्षा ७ देखि कक्षा १२ सम्मका
बिद्यार्थी र शिक्षक शिक्षिकाहरुबाट स्वेच्छिक सहयोग बाट संकलन गरिएको
थियो ।

प्रतिक्रिया