वीरगंज,मंसिर १५,
मध्यमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती वीरगंजका अध्यक्ष मानदेव
हाजराको बिशेष पहलमा नारायणी रंगशालामा मर्मत कार्य धमाधम भईरहेको छ ।
रंगशालाको पुर्वपट्टी रहेको ८४.६ मिटरको प्याराफिट १३ लाख ८८ हजारको
लागतमा भागमती कन्सट्रक्सन मर्मत गर्ने जिम्मा लिएको लेखाअधिकृत
बालेश्वर ठाकुरले बताए । ठाकुरले जिर्ण रहेको प्याराफिट प्लास्टर गर्ने र
पिलर प्लास्टर मर्मत गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । त्यसैगरी
करिब ५० हजारको लागतमा नारायणी रंगशालाको ट्रयाक्क र फिल्ड मर्मत कार्य
धमाधम भईरहेको छ । रंगशालाको फिल्डहरु व्यवस्थित बनाउन ट्रयाक्क सफा
गर्ने , फिल्डलाई हराभरा बनाउन माटो पुर्ने, ट्रयाक्कको घाँसहरु काट्ने
,फिल्डमा सिचाँई गरी युरिया मल छर्ने जस्ता कार्यहरु गरिएको समितीका
सिभिल ईन्जिनियर शिवचन्द्र यादवले बताए । २०४४ साल पछि पहिलो पटक बिशेष
रुपले मर्मत कार्य भईरहेकोमा अध्यक्ष हजरालाई धन्यावाद दिदै यस क्षेत्रका
खेलाडी संगै कोचहरु खुशी भएको भुपु राष्ट्रिय खेलाडी रितु शाक्यले बताए
।
समिती अध्यक्षमा मानदेव हजरा नियुक्त भए देखि नारायणी रंगशालामा बिकास
निर्माणका कार्यहरु तिव्र गतिले बढेको र कार्यालय पनि व्यवस्थित र सफा
सुग्घर भएको वीरगंजका फुटबल कोच हरीबहादुर श्रेष्ठले बताए ।
यता हजराले लामो समय सम्म मर्मत नहुदाँ नारायणी रंगशालाको अवस्था जिर्ण
भएकोले अब छिटै मर्मत गरी व्यवस्थापन गर्ने बताए ।हजराले कार्यालय
व्यवस्थापन तथा संचालनको लागि एक जना कार्यालय सहयोगी नियुक्त गर्नुको
साथै कार्यालयको रंगरोगन,फर्निचर निर्माण,चर्पी मर्मत लगायत कार्यहरु
धमाधम भईरहेको बताए । साथै रंगशालाको सुरक्षाको निम्त २ जना पाले नियुक्त
गर्न केन्द्रमा माँग गरेको बताए ।
मर्निË वाक र खेलाडीहरुको सुबिधाको लागि चिया र डाईटिË पसल राख्ने योजना
समेत रहेको हजराले बताए । साथै आफनो कार्यकालमा नारायणी रंगशाला संगै
आफनो क्षेत्राधिकार पर्ने सम्पुर्ण खेल मैदान व्यवस्थित बनाउने लक्ष्य
रहेको बताए । सो अवसरमा समितीका अध्यक्ष मानदेव हजरा, वरिष्ठ एथलेटिक्स
कोच अमीरी यादव, फुटबल कोच हरीबहादुर श्रेष्ठ, भुपु राष्ट्रिय खेलाडी
रितु शाक्य, युनिटी क्लबका अध्यक्ष हेमन्त चौरसिया, लेखाअधिकृत बालेश्वर
ठाकुर,ईन्जिनियर शिवचन्द्र यादव, माओवादी जिल्ला सदस्य संतोष
पासवान,कार्यालय प्रमुख महम्द ज्याउल ईसलाम, आकास पटेल लगायतको उपस्थिती
रहेको थियो ।

प्रतिक्रिया