वीरगंज,मंसिर १४ ।
जारी मधेस आन्दोलनको क्रममा गोली लागि गम्भिर घाईते भएका मन्सी पटेलको
परिवारलाई बगहीवासीले सहयोग गरेका छन् । पर्सा जिल्ला गाबिस बगही वडा नं.
३ निवासी मन्सीलाई संबिधान घोषणा भएकै दिन अर्थात असोज ३ गते प्रहरी र
प्रर्दशनकारी बिच वीरगंज स्थित माईस्थान चौकमा झडप हुदाँ गोली लागेको
थियो । गोली लागेपछि वीरगंजमा उपचार सम्भव नभए पछि काठमाडौं स्थित वीर
अस्पतालमा हाल सम्म उपचार भईरहेको छ । उनको पिठ्यु , छाती र ढाडको भागमा
गोली लागेको थियो । उनको उपचार संलग्न चिकित्सकका अनुसार मेरुदण्ड र
ढाडको अवस्था निकै नै जोखिमपुर्ण रहेको परिवारका एक सदस्यले बताए ।
जिउँदो शहिद मन्सी पटेलको परिवारीक अवस्था निकै नै दयनिय भएको हुनाले आज
सोही टोलका स्थानिय अगुवाहरुको सहयोगमा ३०० केजी चामल उनको परिवारलाई
सहयोग गरिएको टोली नेता गेनालाल पटेलले बताए । सो टोलीमा जयनारायण राउत
कुर्मी,देवनाथ राउत, ध्रुव राउत,ललन पटेल लगायतको सक्रिय सहभागितामा
संकलित चामल बितरण गरिएको थियो । साथै सो टोलीले मधेसी मोर्चाका नेताहरु
लगायत सम्पुर्ण सरोकारवालाहरु संग जिउँदो शहिदलाई सक्दो सहयोग गर्न आग्रह
गरेको छ ।

प्रतिक्रिया