Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

आन्दोलनको चेपुवामा मधेसका बालबालिका

SHARE: 520

वीरगंज,मंसिर १४ ।
वीरगन्ज : मधेस आन्दोलनको समर्थन र विरोधमा स–साना बालबालिका र
विद्यार्थीलाई सडकमा उतार्ने होडबाजी नै चलेको छ । जसका कारण
विद्यार्थीहरु चेपुवामा परेका छन् ।

मानवअधिकारकर्मीको विरोध हुँदा हुँदै भारतीय नाकाबन्दीको विरोधमा
काठमाडौंमा बालबालिकालार्इ सडकमा उतारेको साता नबित्दै वीरगञ्जमा पनि
बालबालिकालार्इ सडकमा उतारिएको हो ।

मधेस आन्दोलन र नाकाबन्दीले पठपाठन प्रभावित भएको भन्दै काठमाडौँमा गत
शनिबार सडकमा स्कुले विद्यार्थीहरु उतारेर मानव साङ्लो प्रदर्शन गरिएको
जबाफमा सोमबार वीरगन्जमा पनि सडकमा स–साना बालबालिका र स्कुले नानी
उतारेर मानव साङ्लो प्रदर्शन गरिएको छ ।

'मधेस आन्दोलनले पठपाठन बिगारेको छ भनेर राज्यले काठमाडौँका सडकमा
विद्यार्थीलाई उतारेर जुन भ्रम छ¥यो, त्यसविरुद्ध वीरगन्जमा पनि
विद्यार्थीहरुले सडकमा उत्रिएर मानव साङ्लो प्रदर्शन गरेका हुन्',
संयुक्त मधेसी विद्यार्थी मोर्चाका संयोजक यशवन्त यादवले भने,
'विद्यार्थीहरुको प्रदर्शन मधेस आन्दोलनको समर्थन र सरकारको विरोधमा पनि
हो ।'

नेपाल बारा एशोसियसन पर्साका पुर्व अध्यक्ष एवम् नागरिक समाजका अगुवा
पन्नालाल गुप्ताले काठमाडाँैमा राज्यले मधेस आन्दोलनको विरोधमा
विद्यार्थी उतारेर प्रदर्शन गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन
गरेका जिकिर गरे ।

नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले विद्यार्थीहरुको
प्रदर्शन जायज भएको बताए । 'विद्यार्थीहरुको भविष्य मधेस आन्दोलनसँगै
जोडिएको छ', उनले भने, 'मधेस आन्दोलनको समर्थनमा विद्यार्थी आफैँले
प्रदर्शन गरेका हुन् ।'

आन्दोलनरत मधेसी दलहरुको विद्यार्थी संगठनले पर्सामा संयुक्त मधेसी
विद्यार्थी मोर्चा गठन गरेको छ । त्यही विद्यार्थी मोर्चाको आह्वानमा एन
प्याब्सन, प्याब्सन, हिसान र विभिन्न शिक्षक संघसंगठनले मधेस आन्दोलनको
समर्थनमा सोमबार वीरगन्जमा विद्यार्थीलाई सडकमा उतारेका हुन् ।
वीरगन्ज भन्सारको रजत जयन्ति चोक, छपकैया, विर्ता, अलखीयामठ, आदर्शनगर,
माइस्थान, घण्टाघर, श्रीपुर, मुर्ली, पावरहाउस चोक, गण्डक, चैनपुर,
परवानीपुर बजार चोकसम्मको सडकमा सोमबार बिहान साढे आठ बजेदेखि साढे १०
बजेसम्म सडकमा उभिएर विद्यार्थीहरुले मानव साङलो प्रदर्शन गरेका हुन् ।

मानव साङ्लो प्रदर्शनमा वीरगन्जका सबै सामुदायिक तथा निजी विद्यालयका
विद्यार्थीहरु विद्यालय पोशाकमै सहभागी भएका थिए ।

मानव साङ्लोमा सहभागी विद्यार्थीहरुले मधेसी एकता जिन्दावाद, मधेसको माग
पुरा, मधेसी आतंकवादी होइनन्, मधेसी पनि नेपाली नागरिक हुन्, मधेसी
बिहारी होइनन्, मधेसीको हत्या बन्द गर, राज्यको आतंक बन्द गर, बालबालिका
नमार, हामीलाइ पढ्न देउ र प्रधानमन्त्री केपी ओली मुर्दावाद जस्ता नारा
अंकित प्लेड कार्ड बोकेका थिए ।

सडकमा मानव साङगलो प्रदर्शन भइरहेका बेला केहि विद्यार्थीहरुले समुह
बनाएर मधेस आन्दोलनको समर्थन र सरकारको विरोधमा नाराबाजी गर्दै नगरको
परिक्रमा पनि गरेका थिए ।

विद्यार्थीहरुको मानव साङगलो प्रदर्शनमा शिक्षक , शिक्षिका , आन्दोलनरत
मधेसी दल र विद्यार्थी संगठनका नेता कार्यकर्ता पनि सहभागी थिए ।

मधेस आन्दोलनको समर्थनमा गरिएको प्रदर्शनमा सहभागी अधिकांश विद्यार्थीहरु
भने मधेसको माग बारे अनभिज्ञ थिए । 'मधेसीको माग के हो मलाइ थाहा छैन',
सिटी स्कुल अफ वीरगन्जमा अध्ययनरत रोशन सर्राफले भने, सरले जुलुशमा जानु
छ भन्नु भयो अनि आएको हुँ ।'

पिस जोन एकेडेमीमा अध्ययनरत सोनाली गिरीले मधेसीको अधिकार माग्न
प्रदर्शनमा सहभागी भएको बताइन् । उनले थपिन्, 'मधेसी र पहाडीबीचको जुन
लडाइँ अहिले भइरहेको छ, यो सरकारले रोक्नु पर्छ ।'
विद्यार्थी र शिक्षकहरु मानव साङ्लोमा सहभागी भएका कारण वीरगन्जका
विधालयहरुमा सोमबार पठन पाठन पनि भएन ।

अभिभावक संघ नेपाल पर्साका अध्यक्ष अमर गौतमले भने राजनीतिक स्वार्थका
लागि स्कुले बालबालिकालाई सडकमा उतार्नु गलत काम भएको बताए ।

'हामीसँग कसैले सरसल्लाह र छलफल गरेका छैनन्', उनले भने 'साना
बालबालिकाको हातमा कालोझण्डा बोकाएर सडकमा उतार्दा बाल मनोविज्ञानमा
नकरात्मक असर परेको छ ।'

पर्साका जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंहले पनि
विद्यार्थीहरुलाई सडक प्रदर्शनमा उतार्ने विषयमा आफुसँग कसैले पनि छलफल
नगरेको बताए ।

'मलाइ त थाहै थिएन, आज सडकमा एक्कासी स्कुले विद्यार्थीहरु देख्दा पो
थाहा भयो । आन्दोलनकारीको भनाइ उधृत गर्दै उनले भने, 'काठमाडौँमा
निकाल्दा शिक्षा मन्त्रीले त बोलेनन्, तपाइँ जिशिअ भएर पुरै जिल्लाको
ठेक्का लिनु भएको छ र ?'

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: आन्दोलनको चेपुवामा मधेसका बालबालिका
आन्दोलनको चेपुवामा मधेसका बालबालिका
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/11/blog-post_97.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/11/blog-post_97.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content