रौतहट, ११ मंसिर । चुरेभावर राष्ट्रिय पार्टीले पूर्वपश्चिम राजमार्ग
अवरूद्ध पार्न नदिने जनाएको छ। उसले मधेसी मोर्चालाई राजमार्गमा प्रदर्शन
रोक्ने जनाएको हो। पार्टीले बिहीवार चन्द्रनिगाहपुरमा जनप्रदर्शन गर्दै
यस्तो निर्णय सुनाएको हो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको
पालामा भएको ९ बु"दे सहमति कार्यान्वयन गर्न दबाब दिन गरिएको प्रदर्शनमा
उसले मोर्चाले राजमार्ग निसाना बनाएको उल्लेख गर्दै बन्द हडतालको
प्रतिकार गर्ने जनाएको छ।
प्रदर्शनमा गाउ"गाउ"बाट सहभागी थिए। चन्द्रनिगाहपुर चोकबाट शुरू भएको
जनप्रदर्शन पुरानो बजारबाट फर्केर लोकतान्त्रिक चोकमा पुगी कोणसभामा
परिणत भएको हो। पार्टी राष्ट्रिय अध्यक्ष बद्रीप्रसाद न्यौपानेले
राजमार्गमा मोर्चालाई अवरोध गर्न नदिने चेतावनी दिए। उनले मधेसी
मोर्चासितका सम्झौता कार्यान्वयन गर्ने भए भावरसितको पनि हुनुपर्ने बताए।
०६३र६४ मा भएको मधेस आन्दोलनका बेला भावर र सरकारबीच ९ बु"दागत सहमति
भएको थियो।

प्रतिक्रिया