रौतहट, ८ मंसिर । सूचना तथा संचारमन्त्री शेरधन राईको निर्देशनमा गठन
गरिएको छानविन टोली रौतहटको सदरमुकाम गौर छिर्न नसकेपछि राजमार्गबाटै
फिर्ता गएको छ । सोमवार पर्साबाट गौरको लागि हि"डेको टोली राजमार्गस्थित
चन्द्रनिगाहपुरबाट नै फिर्ता भएको हो ।
तराई मधेशमा जारी रहेको आन्दोलनमा घरेलु हातहतियारसहित सहभागी हुनको
लागि मधेशमा संचालन रहेका एफएम रेडियोहरू तथा मधेशी पत्रकारहरूले
आन्दोलनकारीलाई उक्साएको भन्दै मन्त्री राईको निर्देशनमा गठित ५ सदस्यीय
अनुगमन टोलीले सदरमुकाम छिर्ने साहस नगरेपछि ४२ किलोमिटर परबाट नै फिर्ता
भएका हुन ।
प्रेस काउन्सिलका चन्द्रदेव कामतको नेतृत्वमा रहेका ५ सदस्यीय अनुगमन
टोली गौर प्रवेश गरे बा"धेर राख्ने र अनुगमन गर्न नदिने गौरका स्थानीय
एफएमहरूले संयुक्त निर्णय लिएका थिए । त्यस्तै टोलीलाई आन्दोलनरत संयुक्त
लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ताहरूको आक्रमणको त्रास पनि भएपछि
पूर्वपश्चिम राजमार्गबाट नै फिर्ता भएका हुन ।
टोलीले सदरमुकाम गौर प्रवेश गर्न नसकेपछि चन्द्रनिगाहपुरका स्थानीय
पत्रकार तथा नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सचिव संजय कार्कीस"गै
आवश्यक जानकारी लिएको चन्द्रनिगाहपुरका पत्रकारहरूले जनाएका छन ।
टोलीमा अकुरावका महासचिव गोविन्द देवकोटा, क्यानका महासचिव चन्द्र
न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शितल महतो, दिपक
खनालको सहभागिता रहेको थियो । आन्दोलनरत मधेशी मोर्चाको कार्यकर्ताहरू र
स्थानीय एफएम तथा पत्रकारहरूले मधेशमा आउने अनुगमन टोलीको प्रतिकार गर्ने
घोषणा पहिले नै गरिसकेका थिए ।

प्रतिक्रिया