झापा, मंसिर १३ । झापाको बिहारसंग सीमा जोडिएको केचना गाविसको सीमा
नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल
एसएसबीका सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान साढे ६ बजेतिर नेपाली भूभागमा छिरेका उनीहरुलाई केचनास्थित
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा
लिएको हो ।
पक्राउ परेका मध्ये चार जनासँग अत्याधुनिक राइफल समेत छ । तस्करलाई
लखेट्दै गर्दा नेपाल प्रवेश गरेको उनीहरुले बताएका छन् । झापाका प्रमुख
जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भने घटनाबारे छानबीन भइरहेको बताएका
छन् ।
हतियारसहित पक्राउ परेका सबैलार्ई केचना नाकामा रहेको सशस्त्र प्रहरीको
बेसक्याम्पमा राखिएको छ ।

प्रतिक्रिया