वीरगन्ज १० मसिर वीरगन्जमा आज बिहान प्रहरीले सिके राउतका एक जना
कार्यकर्तालाइ पक्राउ गरेको छ । माइस्थान चोकमा स्वतन्त्र मधेश गठबन्धन
पर्साले आयोजना गरेको कोणसभामा सिके राउतको प्रचार प्रसार गरिरहेका
अवस्थामा प्रहरीले बारा घर भएका राजेश यादवलाइ पक्राउ गरेको हो ।
प्रहरीले हस्तक्षेप गरेर कार्यक्रम बिथोल्नुका साथै सिके राउतको तस्वीर
अंकीत ब्यानर पनि च्याति दिएको प्रत्यक्षदर्शीले बताएका छन् । कोणसभामा
यादवका साथै सन्जय साह ,सन्जय कलवार र शेषनाथ यादव गरि चार जना युवकहरु
सहभागी थिए । यादवलाइ प्रहरीले पक्रे पछि अरु तीन जना भने भागेको
प्रत्यक्षदर्शीले बताएका छन् । यादवलाइ जिल्ल प्रहरी कार्यालय पर्साको
हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु
श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिक्रिया