बनेपा, मंसिर ११ । वाणिज्य विभागको टोलीले दुई दिनसम्म गरेको अनुगमनका
क्रममा काभ्रेपलाञ्चोकका चार पेट्रोल पम्पले अनियमितता गरेको भेटिएको छ ।
उनीहरुले उपकरण जडान गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गरेकाले
बिहीबार सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी
नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरुले प्रयोग गरेको उपकरणबारे अनुसन्धान जारी छ ।
प्रहरी नायब उपरीक्षक केसीले भने, 'सो उपकरण जडान गरेर पेट्रोल पम्पबाट
कम परिणाममा इन्धनको बिक्री विरतण गरी पम्पहरुले ठगी गर्दै आएका थिए ।'
बनेपास्थित उग्रचण्डी आयल स्टोर र मापा उग्रचन्डी आयल स्टोल, पनौतीको
जयअम्बे पेट्रोल पम्प र जनागालको नारायणी पेट्रोल पम्पलाई सो टोलीले
सिलबन्दी गरेको छ । टोलीले अनुगमन आज पनि जारी राख्ने प्रहरीले जनाएको छ
। (रासस)

प्रतिक्रिया