काठमाडौं, मंसिर १४ - नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते
साम्सले इन्धन ल्याउनका लागि ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन
तयार रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा सोमबार भएको साक्षात्कारमा राजदूत साम्सले नेपालमा
अहिले भइरहेको इन्धन संकटबारे जानकार रहेको र यसको समाधानका लागि
बंगलादेशको बन्दरगाह नेपाललाई ट्रान्जिटको रुपमा उपलब्ध गराउन तयार रहेको
बताउनुभएको हो ।
उहाँले बंगलादेश आफैले इन्धन उत्पादन गर्ने नभइ आयात गर्ने भएकाले
बन्दरगाह ट्रान्जिटको रुपमा दिन तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,
'नेपालले तेस्रो मुलुकबाट इन्धन ल्याउने हो भने हामी ट्रान्जिटको रुपमा
बन्दरगाह प्रयोग गर्न दिन्छाँै ।' राजदूत साम्सले नेपाललाई मंगला र
चिटगाँउ बन्दरगाह प्रयोग गर्न भनिसकेको जानकारी दिँदै नेपाल सरकारले हवाई
इन्धनको कारोबारको लागि आग्रह गरिसकेको र त्यसमा आफूहरु सकारात्मक रहेको
स्पष्ट पार्नुभयो ।
उहाँले नेपाली ढुवानी साधन निर्वाध रुपमा बंगलादेश जान पाउने भएपनि
बंगलादेशी ट्रक नेपाल आउन नपाउने भन्दै तत्काल मोटर भेइकल एग्रिमेन्ट
गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले बंगलादेश छिमेकीसँगको सम्बन्ध क्षेत्रीय रुपमै राम्रो बनाउन
चाहेको भन्दै सार्क मुलुकका राष्ट्रबिचको सम्बन्ध सुमधुर बनाउनु पर्ने
बताउनुभयो । उहाँले रोहनपुर सिंहबाद र राधिकापुरसम्म रेल सेवा समेत
रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने भन्दै नेपालबाट
बंगलादेश निर्यात गर्न दुई सय ८ बस्तुमा शून्य भन्सार गर्ने प्रस्तावलाई
तत्काल नेपाल सरकारले अनुमोदन गरेर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया