वीरगंज, ८ मंसिर । वारा, पर्सा रौतहटमा क्रियाशिल ट्रेड युनियन
महासंघहरुले आज संयुक्त प्रेस विज्ञप्ती जारी गर्दैै मधेश आन्दोलनका कारण
लाखौं श्रमिकहरुको रोजगार गुम्ने अवस्था सृजना भएको जनाईएको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अंचल कमिटी अध्यक्ष कमलेश झा, अखिल
नेपाल ट्रेड युनियन महासंघ भोजपुरा संयोजक मिन प्रसाद आपागाई, नेपाल
ट्रेड युनियन कांग्रेस मध्य क्षेत्रका अध्यक्ष अमृत लाल जोशी, अखिल नेपाल
क्रान्तिकारी ट्रेड युनियन महासंघ भोजपुराका सहसंयोजक अर्जुन चिमोरिया
द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा मधेश आन्दोलन सय दिन पुरा भई सकेको
र चार दर्जन भन्दा बढी नेपाली तथा गैर नेपालीले ज्यान गुमाई सकेको
अवस्थामा भएको र आन्दोलनको कारण सबै क्षेत्र प्रभावित भएको प्रति
आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । विज्ञप्तीमा यो गम्भिर
परिस्थितिमा देशको अवस्थालाई बुझेर सरकार र आन्दोलनरत पक्षले समस्या
समाधानका लागि अधिकतम लचकता अपनाई श्रमिकहरुको गरि खाने र बाच्ने पाउने
अधिकारको प्रत्याभूति गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया