रौतहट, ५ मंसिर । हिन्दुहरूको महान पर्व दिपावली र छठमा खुकुलो पारिएको
आन्दोलनलाई पर्व समापन हुने लगतै झन कडा पारेको छ । संयुक्त लोकतान्त्रिक
मधेशी मोर्चा रौतहटले शुक्रवारदेखि आन्दोलन शसक्त बनाएको हो । मोर्चाले
मोटरसाइकल आवागमनमा प्रतिवन्ध लगाउने घोषणा गरे लगतै रौतहटको विभिन्न
ठाउ"मा मोर्चा कार्यकर्ताहरूले मोटरसाइकलमा कडाई गरेको हो । गौर बजार
पूर्ण रूपमा विहानैदेखि आन्दोलनकारीहरूले बन्द समेत गरेको छन ।
सदरमुकाम लगायत विभिन्न ठाउ"मा प्रदर्शनकारीहरू टायर बालेर नाराबाजी
गरेका थिए । नाकाबन्दीको फाइदा उठाउ"दै मोटरसाइकलको माध्यमबाट तीव्र
रूपमा पेट्रोलियम पदार्थको तस्करी हुन थालेपछि मोर्चाले मोटरसाइकल
आवागमनमा प्रतिबन्ध लगाएको हो । मोर्चाका कार्यकर्ताहरूले विरेन्द्र
राजमार्गको सखुअवा चौकमा एकै दिनमा १६० वटा मोटरसाइकलमा तोडफोड गरेका छन
। प्रदर्शनकारीहरूले ४ वटा चारपांग्रे सवारी साधनमा पनि तोडफोड गरेका छन
भने विभिन्न नाकामा १ हजार लिटर भन्दा बढी डिजेल पेट्रोल नियन्त्रणमा
लिएर नष्ट गरेका छन । मोर्चाका कार्यकर्ताहरूले संचारकर्मी, शिक्षकहरूको
मोटरसाइकलमा पनि आक्रमण गरेका हुन ।

प्रतिक्रिया