काठमाडौं, मंसिर १३ । दुई वर्षअघि एसएलआर हतियारसहित भागेका नेपाल
प्रहरीका भगौडा जवान काठमाडौंको सुन्धाराबाट पक्राउ परेका छन् ।
उनीसँगै अर्का रमेश पट्टेल नामका अर्का एक जना पनि पक्राउ परेका छन् ।
दुबैलाई प्रहरीले सुन्धारास्थित लुम्बिनी पाहुन घरबाट पक्रेको हो ।
पक्राउ पर्नेमा दुई वर्षअघि रौतहटबाट एसएलआरसहित भागेका प्रहरी छोटेलाल
ठाकुर रहेको महानगरीय प्रहरी अपराध महाशाखा महाशाखाले जनाएको छ ।
पक्रन होटल आएको प्रहरीलाई देख्नासाथ गोली चलाएपछि प्रहरीले जवाफी
कार्वाही गर्दा ठाकुरको घुँडामा गोली लागेको छ । ठाकुरसँगै रहेका अर्का
एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट वरियारपुर–८ का बासिन्दा रहेका ठाकुरसँग चाइनिज कटुवा पेस्तोल एक
थान र त्यसमा लाग्ने सात वटा गोली पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका ठाकुर लूटपाट, फिरौतीलगायत अपराधमा संलग्न रहेको महानगरीय
प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया