वीरगंज, ८ मंसिर । मधेस आन्दोलनको १०२ औं दिन र नाकाबन्दीको ६८ औं दिन
वीरगंजको मितेरी पुलमा धर्नाकारीहरुले धर्ना जारी नै राखेका छन् ।
आन्दोलनकारीहरुले मंगलवार दिउंसो वीरगंज बजार बन्द गराउंदै सा"झमात्र पसल
खोल्न पाउने उर्दी जारी गरेका छन् । आन्दोलनको क्रममा यहा"को दिनचर्या
अस्तव्यस्त हुन पुगेको छ भने आर्थिक नगरी वीरगंज थला हुन पुगेको छ ।
मधेश आन्दोलनले एकसय दिन पुरा गरेकोमा संघीय समावेशी गठबन्धन रौतहटले
सोमवार सदरमुकाम गौरमा विशाल मसाल जुलुस प्रदर्शन गरेको छ ।
गठबन्धनमा आवद्ध चारवटा पार्टीका संयोजकहरूको नेतृत्वमा सोमवार सा"झ
निकालिएको उक्त जुलुसले सरकार विरूद्ध चर्काे नाराबाजी गर्दै नगर
परिक्रमा गरेको थियो ।
गठबन्धनलगायत स्वतन्त्र मधेशी युवा संघ सहभागी जुलुस गौरको मधेशक्रान्ति
चोकबाट हजारौंको संख्यामा नगर परिक्रमा गर्दै सीमानाकाको धर्ना स्थलमा
पुगेर कोणसभामा परिणत भएको थियो ।
जुलुसमा गठबन्धनआवद्ध तमरा अभियानका जिल्ला संयोजक रबि यादव, नेपाल
सदभावना पार्टीका जिल्ला अध्यक्ष शम्भु गिरी, रामसपाका जिल्ला अध्यक्ष
रामप्रवेश दास, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष तथा स्वतन्त्र मधेशी
युवा संघका अध्यक्ष मुन्ना यादव लगायत हजारौंको सहभागिता रहेको थियो

प्रतिक्रिया