सिरहा, मंसिर ७ । सिरहाको एक सुन चाँदीको गहना बनाउने कारखानामा आगलागी
हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । गोलबजार नगरपालिका–४
स्थित भाग्य महालक्ष्मी ज्वेलर्सको गहना बनाउने कारखानामा आइतबार राति
आगलागी भएको हो ।
आगलागीमा गहना बनाउने उपकरण, गहना बनाउन कालिगढसँग रहेको सुन–चाँदी समेत
जलेर नष्ट भएको ज्वेलर्सका प्रोपराइटर सन्दीप अग्रवालले जानकारी दिए ।
अग्रवालका अनुसार कारखानामा रहेका ६० लाख भन्दा बढीको गहना बनाउने उपकरण,
दराज तथा कालीगढसँग रहेको पाँच केजी चाँदी र ६० तोलाभन्दा बढी सुन जलेर
नष्ट भएको हो ।
आगलागीका कारण ५ वटा ब्याट्री र इन्भरर्टरसमेत जलेको छ । जेनेरेटर समेत
जलेर काम नलाग्ने भएको बताइएको छ ।
कारखाना समेत कामै नलाग्ने गरी पूर्णरुपमा जलेको छ । वेलुका काम गरिरहेको
बेलामा ग्यासको पाईप लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।
कारखानामा रहेका कालीगढ भने सबै सुरक्षित छन् । लहानबाट आएको दमकल,
स्थानीय वासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया