वीरगंज ९ मंसिर । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेता र
एमाओवादी अध्यक्ष तथा उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक प्रचण्डबीच
गोप्य भेटघाट भएको छ ।
मधेस आन्दोलनलाई निकास दिने विषयमा राजधानीको एक स्थानमा भएको सो गोप्य
भेटघाट ३ घण्टासम्म चलेको तमलोपा निकट उच्च स्रोतले जानकारी दियो ।सो
क्रममा मधेस समस्याको समाधान गर्ने विषयमा प्रचण्ड र मधेसी मोर्चाका
नेताहरू सकारात्मक भएको बताइएको छ ।
कांग्रेस र एमालेसँग कुरा गरेर सीमांकनसहित मधेसको समस्या हल गर्ने
विषयमा नेताहरूबीच छलफल भएको प्रचण्डको भनाई उद्धृत गर्दै केन्द्रीय
सदस्य तथा उनका स्वकीय सचिव चूडामणि खड्काले रातोपाटीलाई बताए ।यसैबीच
छलफलमा सहभागि सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि नेताहरूबीच
छलफल भएको बताउँदै भने– गम्भीर छलफल भएको छ, के छलफल भयो चाहिँ अहिल्यै
सार्वजनिक नगरौं । छलफलमा प्रचण्ड सहित मधेसी संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर,
सद्भावनाका उपाध्यक्ष लक्ष्मणलाल कर्ण र महेन्द्र राय यादवको सहभागिता
रहेको थियो ।तराई मधेसमा आन्दोलन चर्किरहेको बेला प्रचण्ड र मोर्चाका
शीर्ष नेताहरूबीच भएको लामो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया