Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

संविधान सम्सोधन गरी मोर्चाको माग सम्बोधन गर्न प्रमुख दल सहमत

SHARE: 520

मंसिर ५, काठमाडौं । . सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल तराई मधेसमा
देखिएको समस्या समाधान गर्न सहमत भएका छन् । सिंहदरबारमा आज भएको
द्विपक्षीय छलफलमा तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासँग सकारात्मक र
परिणाममुखी वार्ता गर्नुपर्ने र मुलुकले भोग्नु परेको समस्यालाई समाधान
गर्न ती दल एकमत भएका हुन् । नेपाली कांग्रेसले आयोजना गरेको छलफलमा
वार्तालाई परिणाममुखी बनाउने र व्यवस्थापिका–संसद्मा दर्ता भएको 'संविधान
संशोधन विधेयक' र 'पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक'लाई तत्काल
पारित गरेर जाने विषयमा समेत कुराकानी भएको थियो । सबै पक्षले
पार्टीभित्र एकसरो छलफल गरेर तराई मधेसको समस्यालाई सार्थक निष्कर्षमा
पुर्‍याउनुपर्ने र समस्या लामो समय राख्न नहुनेमा मतैक्य भएको बैठकपछि
नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै
एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसको आन्दोलन,
नेपाल–भारत सीमामा भइरहेको नाकाबन्दी र आपूर्ति व्यवस्थापनमा भएको
समस्याको बारेमा आजको बैठक केन्द्रित रहेको प्रतिक्रिया दिए । मूल
समस्यालाई समाधान गर्न सरकारमा रहेका दल र प्रमुख प्रतिपक्षी दलबीच साझा
धारणा बनाउन सौर्हाद्रपूर्ण वातावरणमा छलफल भएको र प्रमुख दलहरुबीच पनि
समान धारणा हुनुपर्छ भन्नेमा बैठकमा महत्वपूर्ण छलफल भएको उनले बताए ।
अध्यक्ष दाहालले भने, 'तराई–मधेसको आन्दोलन र नाकाबन्दीबाट सिर्जिएको
अवस्था बारे साझा धारणा बनाउन आवश्यक छ भन्ने विषयमा कुरा अगाडि बढेको छ
। आ–आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्ने र छिट्टै अर्को बैठक बस्ने
सहमति भएको छ । सबै पक्षमा समस्याको निरुपण गर्नुपर्नेमा मतैक्य देखिएको
छ ।' अत्यावश्यकीय सामग्रीको आयातमा कुनै अवरोध नगर्ने भन्ने मोर्चाको
निर्णय आएपनि औषधि, इन्धन आपूर्तिमा अवरोध भइरहेकाप्रति आन्दोलनरत पक्ष
गम्भीर रहेको आफूले पाएको बताउँदै अध्यक्ष दाहालले ट्रक, एम्बुलेन्समाथि
भएको प्रहारसमेत अमानवीय भएको स्पष्ट पारे । उनले भने, 'सकेसम्म यो
समस्यालाई छिटो टुङ्ग्याउने पक्षमा हामी छौँ । प्रमुख तीन दल समस्या
समाधानमा प्रतिबद्ध भएर लाग्ने सहमति भएको छ ।' कांग्रेस प्रवक्ता
दीलेन्द्रप्रसाद बडूले हामीले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा
ओली सहभागी हुने बताइएपनि उहाँ सहभागी नहुनु भएको भन्दै मधेसी
मोर्चासँगको वार्तालाई सकारात्मक बनाउन ठोस धारणा तयार गर्न दुवै पक्ष
सहमत भएको बताए । मुलुकलाई परेको समस्या समाधान गर्न आपसी परामर्शलाई
तीव्र पार्ने र चाँडोभन्दा चाँडो सहमति खोज्न प्रतिबद्ध भएको उल्लेख
गर्दै प्रवक्ता बडूले सदनमा दर्ता भएको संविधान संशोधन विधेयक र
पुनःनिर्माण प्राधिकरण विधेयक तत्काल पारित गर्न आग्रह गरेको स्पष्ट पारे
। राष्ट्र बैंकमा आन्दोलन किनरु कांग्रेस बैठकमा कांग्रेसले
पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत आफ्नो नेतृत्वको
सरकारले नियुक्त गरेको व्यक्ति नै हुनुपर्ने जिकिर गरेको थियो । कांग्रेस
नेतृत्वको सरकारले प्रा डा गोविन्दराज पोखरेललाई प्राधिकरणको प्रमुख
कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । यस्तै नेपाल राष्ट्र बैंकमा
भइरहेको आन्दोलनले समग्र आर्थिक अवस्थामा समेत प्रतिकूल प्रभाव पारेको
भन्दै कांग्रेसले बैठकमा नेकपा९एमाले० सम्बद्ध कर्मचारीबाट भइरहेको धर्ना
र घेराबन्दी किन भइरहेको छ भन्ने प्रश्न गरेको थियो । मधेसी जनअधिकार
फोरम नेपाल९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले मुलुकले
भोग्नुपरेको समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको बताए ।
ुबन्द हड्ताल, आन्दोलनले असहज परिस्थिति छ । सो समस्याको समाधानका विषयमा
छलफल भयो । यो सत्तापक्षको मात्र समस्या होइन, सबै दल, राष्ट्रको समस्या
हो, त्यसलाई समाधान गर्न तीन ठूला पार्टीले समान धारणा बनाउनुपर्‍यो ।
अनि मात्र समस्याको समाधान हुन्छ भन्नेमा हामीले जोड दियौँु अध्यक्ष
गच्छदारले भने । बैठकमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली
कांग्रेसका शीर्ष नेताहरुको सहभागिता थियो । रासस

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: संविधान सम्सोधन गरी मोर्चाको माग सम्बोधन गर्न प्रमुख दल सहमत
संविधान सम्सोधन गरी मोर्चाको माग सम्बोधन गर्न प्रमुख दल सहमत
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/11/blog-post_68.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/11/blog-post_68.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content