बारा, मंसिर १५ । बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको
छ । काभ्रेबाट रौतहटको सन्तपुर जाँदै गरेको बा ३५ प ३५२१ नम्बरको
मोटरसाइकल सोमबार राति बाराको गढीमाई नगरपालिका–१६ मा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे खनालथोक–७ का बद्री अधिकारी रहेका
छन् । अर्का एकको खनाखत हुन सकेको छैन ।
अधिकारीले चलाएको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा दुवै जनाको
मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको शव चन्द्रनिगाहपुर अस्पतालमा
राखिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया