परासी, मंसिर १४ । नवलपरासीका उखु किसान चिनी उद्योगलाई उखु दिन बन्द
गरेर आन्दोलनमा उत्रिएका छन् ।
पुरानो भुक्तानी नपाएर थलिएका उखु किसान यस पटक अघिल्लो वर्षको बाँकी
भुक्तानी रकम उद्योगबाट नपाएको भन्दै उखु आपूर्ति बन्द गरी आन्दोलनमा
उत्रिएका हुन् ।
चिनी मिलले भुक्तानी देला र केही गरौँला भनेर बसेका उखु किसान यस पटकको
तराई बन्दले झन थप चिन्तित बनेका छन् । नवलपरासीमा रहेका चारवटा ठूला
चिनी मिलले गत वर्षहरुका किसानको उखुको पैसा दिएका छैनन् ।
मिलहरुले किसानलाई करोडौँभन्दा बढी रकम दिन बाँकी छ तर पनि मिलको ज्यादति
सहेर बस्न किसान बाध्य छन् ।
गत वर्षको मौसममा नवलपरासीमा २२ लाख क्विन्टल उखु उत्पादन भएको थियो ।
नवलपरासीमा रहेका इन्दिरा, लुम्बिनी र वाग्मती चिनी मिलबाट गत वर्ष
किसानले पाउनुपर्ने कुल रु एक अर्बमध्ये रु ३० करोड मात्र भुक्तानी पाएको
र रु ७० करोड लिन बाँकी रहेको उखु उत्पादक सङ्घको तथ्याङ्क छ ।
गत वर्षको तुलनामा भुक्तानीको झन्झटले यस वर्ष उखुको उत्पादन घटेर करिब
१५ लाख क्विन्टलमा आउने उखु किसानका अगुवा प्रेमचन्द्र गुप्ताले जानकारी
दिए ।
नवलपरासीमा करिब १० हजार बिगाहा क्षेत्रफलमा उखुको खेती गरिन्छ खास गरी
नवलपरासीको निर्वाचन क्षेत्र नं ६ का अधिकांश गाविस उखुखेतीका लागि उर्वर
मानिन्छ । (रासस)

प्रतिक्रिया