बुधबार ९ मंसिर, २०७२
रोहित राई
एसएसबीले चलाएको गोली दाहिने कोखामा लागेर गम्भीर घाइते अशोक यादव।

तस्बिर:रोहित राई
धरान–सुनसरीको हरिपुर– ७, भण्टावारीमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)का
जवानले गोली चलाउँदा घाइते भएकाले आफुहरु निर्दोष भएको बताएका छन्। बिहान
करिब ६ बजे घरअघि आगो तापेर बसिरहँदा एक्कासी एसएसबीका जवान आएर गोली
बर्साएको घाइतेहरुको भनाइ छ।
दाहिने खुट्टामा गोलीको छर्रा लागेर सामान्य घाइते ३० वर्षीय सरोज यादवका
अनुसार ४ जना छिमेकीहरु उनको घरअघि बिहानै आगो तापेर बसिरहेका थिए ।
त्यसैबेला ६ जना एसएसबीका जवानहरु कसैलाई खेदाउदै त्यहाँ आइपुगेका थिए ।
एसएसबीले 'मल वाला खै' भनेर सोध्दा उनीहरुले थाह नभएको जवाफ दिएका थिए ।
एसएसबी घरभित्र पसेर खानतलासी गर्न थालेपछि तनाव भयो । 'मल ल्याएर आउने
को थियो, हामीले देखेनांै । थाह छैन भन्दा एसएसबीले कुट्न खोजे । हामी
पनि झोक्कीयौं, एकैचोटी ४ जनाले फयर गरे',सरोजले भने । घाइतेहरुका अनुसार
घटनास्थल सीमा क्षेत्र भण्टाबारी भन्दा करिब ५ सय मिटर पूर्वतर्फ नेपाली
भूमीमा भएको हो।
एसएसबीले फायरिङ खोलेपछि सरोजको दाहिने खुट्टामा सामान्य चोट लाग्यो ।
तर, उनका भाई १८ वर्षीय नरेशको दाहिने कम्मरमा गोली लाग्यो भने अर्का
छिमेकी २८ वर्षीय अशोक यादवको दाहिने कोखामा गोलीले छेड्यो । उनको अवस्था
चिन्ताजनक छ । अर्का, छिमेकी मनोज यादवका खुट्टामा सामान्य गोली लाग्यो ।
घाइते मनोज बाहेक तीन जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । कोखामा गोली लागेका
अशोकको रक्तस्राव रोकिएको छैन र उनको आकस्मिक शल्यक्रिया गरेर रक्तस्राव
रोकेर जीवन बचाउने प्रयास भइरहेको एक चिकित्सकले जानकारी दिए । अशोक
कामेश्वर यादवका एक्ला छोरा हुन्।

प्रतिक्रिया