कलैया, ९ मंसिर । सरकारले तराई मधेसमा भइरहेको आन्दोलनलाई लक्षित गरेर
विशेष सुरक्षा योजना लागू गरेर आन्दोलन वलकै माध्यमले बिथोल्ने रणनीति
शुरू गरिसकेको छ । शान्ति सुरक्षाको नाममा सरकारले बिशेष सुरक्षा योजना
लागु गरेको हो ।
राजमार्गहरू सुचारू गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न नयाँ
एकीकृत सुरक्षा योजना लागू गरिएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले
बताए पनि आन्दोलनकारीलाई समेत गोली ठोकेरै ठिक पार्ने तयारी भएको हो ।
गृह प्रवक्ता ढकालका अनुसार 'नेपाली सेना होइन, नेपाल प्रहरी, सशस्त्र
प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली खटाइनेछ ।'
सरकारले वल प्रयोग गर्ने रणनीति लिए पछि आन्दोलनरत मधेसी मोर्चाले पनि
आन्दोलनको अगामी कार्यक्रम सशक्त बनाउँने काममा लागेका छन । मधेसमा
राजनीतिक माग गरेर चार महिना देखि भईरहेको आन्दोलन राजनीतिक तरिकाले
समाधान गर्नुको साटो वल प्रयोग गर्ने नीति सरकारले लिएपछि त्यसको कडा
रूपमा प्रतिकार गरिने मोर्चाका एक नेताले बताए ।
केन्द्रीय सुरक्षा समितिले मंगलवारबाट लागू हुने गरी विशेष सुरक्षा
योजना लागू गरेको गृह मन्त्रालयले जनाएको छ । सरकारले लागु गरेको सुरक्षा
योजना तराई मधेसका आन्दोलनरत क्षेत्रमा लागु गरिने छ । कलैया, वीरगंज,
सहित आन्दोलन भईरहेको मधेसका राजमार्गका साथै प्रमुख शहरमा बिशेष सुरक्षा
योजना लागु गरिने भएको छ । सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाहरूलाई
तीन समूहमा वर्गीकरण गरिएको छ र त्यस अनुसार नै जनशक्ति परिचालन हुनेछ ।
गृह प्रवक्ता ढकालका अनुसार विशेष सुरक्षा योजना लागू भएका जिल्लाहरूमा
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला सुरक्षा समितिले आवश्यक
निर्णय गरेर सुरक्षाकर्मी परिचनलन गर्नेछ । जसमा नेपाल प्रहरी अगाडि
रहनेछ भने त्यसलाई सशस्त्र प्रहरीले सहयोग गर्नेछ ।
गृह मन्त्रालयले राजमार्गहरू कुनै हालतमा अवरूद्ध हुन नदिने बताएको छ ।
'राजमार्गहरू सुचारू गर्ने र सरकारी कार्यालयहरूको सुरक्षाका लागि यो
सुरक्षा योजना लागू गरिएको हो' प्रवक्ता ढकालले भने, अब राजमार्ग अवरूद्ध
गर्न पाइँदैन । गरेमा बल प्रयोग गरेर हटाउँछौं ।'
सुरक्षा योजना लागू गर्नु अघि तीन वटै सुरक्षा निकायसँग भएको छलफलमा
गृहमन्त्री शक्ति बस्नेतले राजमार्ग अवरूद्ध हुन नहुने बताएका थिए ।
यता मधेसी मोर्चा सहितका पार्टीहरूले तराई मधेसमा आमहड्तालका साथै
नाकाबन्दी आन्दोलन जारी नै राखेका छन । सरकारले वल प्रयोग गरी दर्जनौको
हत्या गरेपनि आन्दोलन रोकिने संकेत देखिदैन् । मोर्चाको माग पुरा नभए
सम्म आन्दोलन जारी नै रहने मोर्चाका नेताहरूले बताउँदै आएका छन । पटक पटक
सरकारसँग बार्ता भएपनि वार्तामा ठोस प्रगति नभएपछि मधेसी मोर्चाले छठपछि
बन्द कडा बनाएको छ । उसले सीमा नाकामा धर्ना जारी राख्दै राजमार्ग
केन्द्रित आन्दोलन चर्काएको छ । थारूहट थारूवान संयुक्त संघर्ष समितिले
पनि राजमार्ग केन्द्रित आन्दोलन शुरू गरेको छ । तराई मधेसमा नाकाबन्दी
सहितको आन्दोलन सशक्त भएपछि यहाँको सरकारी गैरसरकारी कार्यालयहरू,
यातायात, उद्योग, बजार लगायतका क्षेत्र ठप्प भएको छ ।

प्रतिक्रिया