सप्तरी, मंसिर १० । सप्तरीको जनजीवन क्रमश सामान्य बन्दै गएको छ । चार
जनाको मृत्यु हुने गरी भएको घटनापछि अशान्त बनेको सप्तरीको जनजीवन क्रमश
सामान्य बन्न थालेको हो ।
स्थानीय प्रशासनले जारी गरेको कर्फयू र मधेशी मोर्चाको प्रदर्शन लगायतका
कारणले सप्तरीमा सर्वसाधारणको दैनिकी अस्तब्यस्त बनेको थियो । स्थानीय
प्रशासनले कर्फयू निषेधाज्ञा हटाएसँगै हटिया बजारमा सामान किन्न
सर्वसाधारणको चहलपहल बढेको छ ।
यसैबीच, प्रहरी हस्तक्षेपको विरोधमा सप्तरीका स्वास्थ्यकर्मीहरुले आज
चौथो दिन पनि सगरमाथा अञ्चल अस्पताल सहित जिल्लामा सम्पूर्ण स्वास्थ्य
संस्थाहरु बन्द गराएका छन् ।
आन्दोलनरत मधेशी मोर्चाले पनि आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद
घोषणा, मृतकका परिवारलाई राहत र घाइतेहरुको निशुल्क उपचारको ब्यवस्था
गर्न माग राखेको छ ।
मोर्चाले आफुहरुको माग पुरा नभएसम्म सप्तरी घटनामा मृत्यु भएकाहरुको शव
नबुझ्ने अडान लिएको छ ।

प्रतिक्रिया