राजविराज, ७ मंसिर । मधेशी मोर्चा नगर समितिको सोमवार राजविराज स्थित साह
धर्मशालामा सोमवार सम्पन्न बैठकले आन्दोलनमा वीरगती प्राप्त गरेकाहरुलाई
सहीद घोषणा नभएसम्म शव नबुझ्ने निर्णय गरेको छ ।
मोर्चाका नगर संयोजक उमेश प्रसाद साह 'कमाण्डौ'को अध्यक्षतामा बसेको
बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले
गरेको दमनको घोर भत्र्सना गर्दै वीरगति पाएकाहरुलाई सहीद घोषणा, पीडित
परिवारलाई क्षतिपूर्ती, घाइतेहरुको निःशुल्क उपचार तथा क्षतिपूर्ती,
सेना, प्रहरी फिर्ता हुनुपर्ने लगायका निर्णयहरु गरिएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्रहरीले
चिकित्सकसहित स्वाथ्यकर्मीहरुलाई कुटपीट तथा सञ्चारकर्मीहरुमाथि भएको
दुव्र्यवहार गर्ने दोषी प्रहरीलाई कार्वाही हुनुपर्ने बैठकले निर्णय
गरेको मोर्चाका नगर संयोजक उमेश कमाण्डौले जानकारी दिएका छन् । सप्तरीमा
प्रहरी कार्वाहीमा मारिनेहरुको संख्या ४ पुगेको छ भने घाइतेहरुको संख्या
करिब तीन दर्जनभन्दा बढी रहेको छ ।
बैठकमा संघीय समाजवादी फोरमकी केन्द्रीय उपाध्यक्ष रेणु यादव,
पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, संघीय समाजवादी फोरम नेपालका
केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, तराई मधेश लोकतान्त्रिक पार्टीका
केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, नेपाल सद्भावना पार्टीका केन्द्रीय
सदस्य सुरेशकुमार सिंह, युवा नेता बलराम यादव, नेकपा माओवादीका केन्द्रीय
सदस्य महेश यादवको विशेष उपस्थिति रहेको थियो ।
यसैगरी संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, मस्लिम
संघर्ष समितिका युसुफ अलि, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुबी
यादव, मोर्चाका जिल्ला संयोजक सुनिलकुमार झा, राजनीतिकर्मी सत्यनारायण
यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, नागरिक समाज
सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग वाणिज्य
संघका उपाध्यक्ष शंकर दास, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर
कुमार यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीकी साबित्री पंडित, फोरम
लोकतान्त्रिकका केन्द्रीय सल्लाहकार बिन्देश्वर साह बिन्दी, जिल्ला सचिव
भोगेन्द्र चौधरी, व्यवसायी मन्सुर अलि, मोर्चाका हटिया समिति संयोजक
गोपाल सुँडी, आशोलाल यादव, चन्दन साहसमेतका व्यक्तिहरु बैठकमा सहभागी थिए
।

प्रतिक्रिया