काठमाडौं, मंसिर ६ । आज(आइतबार) ठूलो एकादशी अर्थात हरिबोधनी एकादशी ।
हिन्दू धर्मावलम्बीहरु भगवान विष्णुको आराधना गरी हरिबोधिनी एकादशी
मनाउँदैछन् ।
असार शुक्ल एकादशीका दिन जलमा शयन भएका विष्णु अर्थात नारायण कात्तिक
शुक्ल एकादशीका दिन जलबाट उठ्ने पुराणमा उल्लेख छ । नारायण शयन गर्नुभएको
दिनलाई हरिशयनी र उठ्नुभएको दिनलाई हरिबोधिनी एकादशी भनिन्छ ।
यो एकादशीलाई ठूलो एकादशीका रुपमा हिन्दूहरुले मनाउने गर्छन् । यस अवसरमा
काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, इचंगुनारायण, विशंखुनारायण, शेषनारायण र
चाँगु नारायणमा भक्तजनको मेला लागेको छ ।

प्रतिक्रिया