६ मंसिर, गौर । रौतहटको धरमपुर ९ मा धनारी टोलमा एक व्यक्तिले आमा र
बहिनीको हत्या गरेका छन् । स्थानीय नन्दकिशोर यादवले आमा ४५ वर्षीया
रामकलीदेवी यादव र बहिनी १४ वर्षीया अनिताकुमारी यादवको हत्या गरेका हुन्
।
आइतबार विहान साढे १० बजेतिर टायर गाडा चढेर वागमती नदी किनारमा बदम खन्न
जाँदै गरेकाबेला नन्दकिशोरले घाँटीमा कोदालो प्रहार गरी हत्या गरेका हुन्
।
हत्याको कारण खुलेको छैन । नन्दकिशोर हत्यापछि फरार छन् । उनको खोजीकार्य
भैरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोख्रेलले जानकारी
दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा नन्दकिशोरको मानसिक अवस्था ठीक नभएको
पत्ता लागेको डिएसपी पोख्रेलले बताए ।

प्रतिक्रिया