काठमाडौं, मंसिर १५ । विश्व एड्स दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै
छ । 'एड्सको महामारीको अन्त्य, दिगो विकासको लक्ष्य' भन्ने मूल नाराका
साथ यस वर्षको विश्व एड्स दिवस मनाईंदै छ ।
एचआईभी र एड्स नियन्त्रण तथा रोकथाममा सामूहिक प्रतिबद्धता व्यक्त गर्ने
अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स
दिवस मनाउने गरिन्छ ।
नेपालमा २९ हजार २१४ मानिस एचआईभीको संक्रमणमा रहेको अनुमान छ । जसमा २५
हजार ४४९ पुरुष र १३ हजार ८०० महिला रहेको राष्ट्रिय एड्स तथा यौन रोग
नियन्त्रण केन्द्रको तथ्यांक छ ।
नेपालमा ८५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कका माध्यमबाट
हुने गरेको बताइन्छ ।
विश्व एड्स दिवसका अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा
ओलीले एचआईभी परीक्षण सेवा जोखिममा परेका समुदायको पहुँचमा पुर्याई सबै
संक्रमितलाई उपचारको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले औषधी उपचार सेवा एन्टिरेट्रोभाइरललाई विस्तार गर्दै
संक्रमण देखिएका सबै संक्रमितको घरदैलोमा पु¥याउन हातेमालो गर्दै अघि
बढ्नुपर्ने बताएका छन् । एड्स दिवस मनाउन लागेको २८ वर्ष पुग्दा पनि
नेपालले थुप्रै समस्याको सामना गर्नुपरेको भन्दै उनले अबका दिनमा
राष्ट्रिय एड्स परिषद् पनि थप सबल भई अब बन्ने रणनीति, नीति, योजना र
कार्यक्रममा सहयोग पुर्याउने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया