'भ्रम फैलाउने काम भयो'–बाबुराम
काठमाडौं, मंसिर ८ । 'नयाँ शक्ति' निर्माण अभियानका संयोजक एवं
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेस आन्दोलन र भारतीय
नाकाबन्दीलाई एउटैरुपमा हेर्न नहुने बताएका छन् ।
नयाँ शक्ति निर्माण अभियानले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा
भट्टराईले मधेस आन्दोलनको राजनीतिकरुपमा र भारतको नाकाबन्दीलाई कुटनीतिक
ढंगले हल गर्नुपर्ने बताए ।
भारतले नाकाबन्दी गर्नुभन्दा ४० दिन पहिला नै मधेस आन्दोलन सुरु भएको
भन्दै भट्टराईले आन्दोलन र नाकाबन्दीलाई एउटै नजरले हेरेर भ्रम फैलाउने
काम भइरहेको टिप्पणीसमेत गरे ।
नयाँ शक्ति निर्माण अभियानले अब ७५ ओटै जिल्लामा अभियान थाल्नेसमेत जनाएको छ ।

प्रतिक्रिया