Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

इण्डक्शन चुल्होबारे बुझ्नै पर्ने पक्ष

SHARE: 520

इण्डक्शन चुल्होबारे बुझ्नै पर्ने पक्ष
सुरज महर्जन/ सुरज महर्जन
भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण एलपी ग्यासको अभाव भएसँगै
इण्डक्शन चुल्होको माग अत्यधिक बढेको छ । ६ महीनाअघिको तुलनामा यसको माग
थेग्नै नसकिने गरी बढेको विद्युत् व्यवसायी सङ्घका संस्थापक अध्यक्ष
गोविन्दप्रसाद कँडेलले बताए । 'इन्धन अभाव हुनुअघि यो चुल्होका धेरैले
वास्ता गरेका थिएनन्,' उनले भने, 'अहिले भने ब्राण्ड पनि नहेरी खरीद
गर्नेको भीड छ ।' अहिले इण्डक्शन कुकरको विक्री सयौं गुणा बढेको सीजी
इम्पेक्स प्रालिका सहायक प्रबन्धक विशाल ज्ञवालीले बताए । ग्यास अभाव
हुनुअघि मासिक १ सयओटा यस्ता चुल्होको विक्री हुने गथ्र्यो । तर, अहिले
घण्टामै सयौं विक्री भइरहेको उनको भनाइ छ । उनका अनुसार पाँचजनाको
परिवारले यो चुल्होको प्रयोग गर्दा मासिक करीब रू. १ हजारबराबरको बिजुली
खपत हुन्छ ।

अहिले बजारमा बजाज, प्रेष्टिज, बाल्ट्रा, यासुडा, सूर्यमेट, इनेक्ष्ट,
सीजीलगायत ब्राण्डका इण्डक्शन कुकर उपलब्ध छन् । कुकरको क्षमता तथा
ब्राण्डअनुसार मूल्य भने ३ हजार ५ सयदेखि ८ हजार रुपैयाँसम्म रहेको
सम्बन्धित व्यवसायी बताउँछन् । यस्ता चुल्होको १ हजार २ सयदेखि २ हजार
वाटसम्मका छन् ।

भर्खरै लोकप्रियता पाउन थालेको यो चुल्होकोबारे धेरै मानिस अझै अनभिज्ञ
छन् । किन्ने सोच बनाइरहेका ग्राहकका लागि यसका फाइदा, बेफाइदालगायत
विषयमा यहाँ जानकारी दिइएको छ :

इण्डक्शन चुल्हो
इण्डक्शन 'कुकटप्स'ले भाँडो र उपकरणबीच 'इलेक्ट्रोम्याग्नेटिक रिएक्शन'
अर्थात् विद्युतीय र चुम्बकीय प्रतिक्रिया गराउँछ । यसो हुँदा स्टील वा
'ढलोट फलाम' (काष्ट आयरन)का भाँडा यसको चुम्बकीय सतहमा टाँसिन्छ । यो
उपकरणले चुम्बकीय प्रतिक्रियाबाटै ताप उत्पन्न गर्छ ।

पारम्परिक विद्युतीय कुकटप्सले आफैमा ताप उत्पन्न गराउँछ । यही ताप
भाँडोमा सर्छ । तर, इण्डक्शनले भने भाँडो नै तताउने गर्छ । यसले गर्दा
उक्त भाँडामा खाना चाँडै पाक्नुका साथै सुरक्षित र किफायती पनि हुन्छ ।
तर, इण्डक्शन कुकटप्समा प्रयोग गरिने भाँडो स्टील वा ढलोट फलामका हुनु
अनिवार्य छ । साथै, तिनमा समतल पिँध हुनु पनि आवश्यक छ । आफ्नो घरमा
रहेका भाँडा यसका लागि उपयुक्त हुन्छ÷हुँदैन भन्ने जान्न उक्त भाँडोमा
चुम्बक टाँसिन्छ कि टाँसिन्न हेर्न सकिन्छ । यदि चुम्बक टाँसिएमा तिनको
प्रयोग गर्न सकिने सम्भावना धेरै हुन्छ ।

इण्डक्शन चुल्होकोका फाइदा
- ग्यासका तुलनामा इण्डक्शन चुल्होकोमा खाना धेरै छिटो पाक्छ । त्यसैले,
यसको प्रयोगले खर्च र समयको बचत हुन्छ ।

- इण्डक्शन चुल्होकोको प्रयोग गर्दा समान ताप प्रवाह हुन्छ । यसकारण समान
तापमा पकाउनुपर्ने विशेष परिकारका लागि यो उपकरण उपयुक्त हुन्छ ।

- विद्युतीय र चुम्बकीय प्रतिक्रियाबाट काम गर्ने भएकाले यसले अनावश्यक
ताप फाल्दैन । यसले गर्दा भान्छामा गर्मी बढ्न पाउँदैन र तुलनात्मक रूपमा
सुरक्षितसमेत हुन्छ ।

- भाँडो निकालिसकेपछि यो चुल्होको अनावश्यक रूपमा 'अन' रहने डर हुँदैन ।
किनभने, भाँडोसँग सम्पर्क नहुनेबित्तिकै यसले काम गर्दैन ।

- यसमा प्रयोग हुने समतल पिँध भएका भाँडा आकर्षक हुनुका साथै भान्छाको
स्थानसमेत निकै कम ओगट्छ ।

बेफाइदा
- यसमा स्टेनलेस स्टील वा ढलोट फलामका भाँडोको मात्र प्रयोग गर्न सकिन्छ ।

- समतल पिँध भएका भाँडाको प्रयोग हुने भएकाले नयाँ भाँडो किन्ने बाध्यता
हुन्छ । अन्य भाँडोमा पनि पकाउन सकिने सम्भावना भए पनि तिनमा पकाउँदा
किफायती नहुन सक्छ ।

- फ्राइङ प्यानलगायतमा खाना पकाउँदा अतिरिक्त सावधानी अपनाउनुपर्ने हुन्छ
। किनभने, चलाउँदा यसको सतहमा कोरिने सम्भावना हुन्छ । यसो भएमा उपकरणको
कार्यक्षमतामा ह्रास आउन सक्छ ।

- खर्चका हिसाबले इण्डक्शन चुल्होको विद्युतीय वा ग्यास चुल्होकोका
तुलनामा महँगो छ । (यद्यपि, ऊर्जा खपतमा कमी ल्याउने भएकाले यसले फाइदा
नै हुने व्यवसायी बताउँछन् ।)

खरीद गर्नुपूर्व ध्यान दिनुपर्ने विषय
आकार/क्षेत्रफल
कुनै पनि उपकरण खरीद गर्नुपूर्व आफ्नो आवश्यकता मापन गरी आकारको छनोट
गर्नु राम्रो हुन्छ । बजारमा ३० सेमीदेखि ९० सेमीका उपकरण उपलब्ध छन् ।
आकार/क्षेत्रफल चयन गर्दा आफ्नो भान्छामा उपलब्ध स्थानबारे निश्चित
हुनुपर्छ । अन्यथा, उपलब्ध स्थानभन्दा धेरै सानो वा ठूलो हुने सम्भावना
हुन्छ ।

कुकिङ जोनको सङ्ख्या
अधिकांश ६० सेमीका चुल्होकोमा चारओटा इण्डक्शन कुकिङ जोन हुन्छन् ।
साधारण परिवारका लागि यो पर्याप्त हुन्छ । कुनैमा कुकिङ जोन एक वा कम
सङ्ख्यामा तर ठूला कुकटप भएका हुन्छन् । यस्ता उपकरणमा ठूला भाँडा वा
प्यान सजिलै र सुरक्षित तरीकाले बसाल्न सकिन्छ । ठूला परिवार वा धेरै
मात्रामा खाना पकाउनुपर्ने घर/होटलका लागि यो उपयुक्त हुन्छ ।

टच कण्ट्रोल्स
बजारमा उपलब्ध अधिकांश इण्डक्शन कुकटपमा टच कण्ट्रोल उपलब्ध छ । पुराना र
सस्ता मोडलमा भने कण्ट्रोल नहुन सक्छ । टच स्क्रिनयुक्त उपकरणमा औंलाले
छोएरै ताप घटबढ गर्न सकिन्छ । यसले गर्दा उपकरणको सफाइमा पनि सहज हुन्छ ।

अटोमेटिक प्यान साइज रिकण्डिशन
बजारमा उपलब्ध अधिकांश इण्डक्शन कुकरले स्वचालित रूपमै यसमा बसालिएका
भाँडाको आकार र आयतनको पहिचान गर्छ । यही पहिचानका आधारमा कुकरले आवश्यक
मात्रामा तापको प्रवाह गर्छ । कुकरको यही विशेषताकै कारण ऊर्जा उत्सर्जन
किफायती मात्रामा हुन्छ ।

चाइल्ड लक
भान्छामा बच्चाको सुरक्षालाई समेत दृष्टिगत गरी बजारमा चाइल्ड लक सुविधा
भएका केही मोडल पनि भित्रिएका छन् । यी उपकरणमा बच्चाले कण्ट्रोलरसँग
खेलवाड गर्न नसकून् भन्ने सोचले विशेष व्यवस्था गरिएको हुन्छ ।

टाइमर
बजारमा स्वचालित टाइमरयुक्त इण्डक्शन कुकर पनि उपलब्ध छन् । तर, यस्तो
सुविधा भएका चुल्होका भने केही महँगो रहेको व्यवसायी बताउँछन् । टाइमरले
खाना पाकेपछि स्वचालित रूपमा चुल्होको बन्द हुने वा ताप कम फाल्ने सुविधा
दिन्छ ।

बुष्ट
बजारमा उपलब्ध केही महँगा मोडलमा बुष्ट सुविधा पनि छ । यो फिचरले
आवश्यकता परेका बेला कम समयमै पानी उमाल्नेलगायत काम गर्छ । केही उपकरणमा
समय तोकेर त्यही समयमा पानी उमाल्न सकिने सुविधा पनि छ ।

स्वचालित सुरक्षा 'शट अफ'
यो सुविधा पनि केही छानिएका महँगा मोडलमा मात्र उपलब्ध छ । यस्तो
सुविधासहितको चुल्होकोले पानी उम्लिएको वा खाना पाकेको जानकारी प्राप्त
गरी स्वचालित रूपमा उपकरण स्विचअफ गर्छ ।

म्यानुअलको अध्ययन
फरकफरक चुल्होकोमा पृथक् विशेषता पनि हुन्छन् । तसर्थ, आफूले खरीद गरेको
उपकरण सम्बन्धित म्यानुअल अनिवार्य रूपमा पढ्ने गर्नुपर्छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: इण्डक्शन चुल्होबारे बुझ्नै पर्ने पक्ष
इण्डक्शन चुल्होबारे बुझ्नै पर्ने पक्ष
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEia6AX5_C2MN9uFEQHWJPOcUe2Qes2SKDRm9fg7uZfd_degYci_s12NBk6qKDFgrhmIvB1FCs3pXVUFt0gbCnx68_sfdAHfbLWSEh6GeOoXibfX17uHndUTwl0Xtw-nhdt8cwuvWgAZicRt/s320/induction-704557.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEia6AX5_C2MN9uFEQHWJPOcUe2Qes2SKDRm9fg7uZfd_degYci_s12NBk6qKDFgrhmIvB1FCs3pXVUFt0gbCnx68_sfdAHfbLWSEh6GeOoXibfX17uHndUTwl0Xtw-nhdt8cwuvWgAZicRt/s72-c/induction-704557.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/11/blog-post_45.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/11/blog-post_45.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content