रौतहट, ८ मंसिर । आन्दोलनकारीले आगजनी गरेपछि हटाइएको रौतहटको रंगपुर
प्रहरी चौकीलाई स्थानीयबासीको पहलमा पुनःस्थापित गरिएको छ ।
रौतहटको रंगपुर गाविसमा रहेको प्रहरी चौकीमा आन्दोलनकारीले गएको असोज ५
गते राति आगजनी गरेर प्रहरीलाई बस्न दिएका थिएनन । आगजनीबाट प्रतिक्षालय
र प्रहरीले प्रयोग गर्दै आएको दुईवटा मोटरसाइकल जलेर नष्ट भएको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मातहतमा रहेको सो प्रहरी चौकीमा ८
जना प्रहरी बस्दै आएका थिए ।
२०४५ सालमा स्थापित प्रहरी चौकीमा दुई महिनायता प्रहरी नबस्दा गाउ"मा
चोरी तस्करी बढेको भन्दै स्थानीय तथा आन्दोलनरत पक्षले नै प्रहरीको माग
गरेका थिए । स्थानीयबासीस"ग छलफलगरी सो चौकीमा प्रहरीहरू खटाइएको
चन्द्रनिगाहपुरका डिएसपी मनोज कुमार यादवले बताए । प्रहरी चौकी
रंगपुरमा प्रहरी सहयक निरीक्षक श्याम बहादुर तमाङ्गको कमाण्डमा ८ जना
प्रहरी खटाइएको छ ।
प्रहरी बस्न छाडेपछि काठ तस्करी, इनधन तस्करी बढेको र गाउमा अपराधिक
घटना समेत बढ्न थालेकाले प्रहरी चौकी पुनस्थापनाका लागि पहल गरिएको थारू
कल्याणकारणी सभाका जिल्ला अध्यक्ष रामआश्रय चौधरीले बताए । गाउ"बाट
प्रहरी हटेपछि सो गाविसका स्थानीयबासीले असुरक्षा महसुस गरी २७ जनाको
सुरक्षा समितिसमेत गठन गरेका थिए ।
चौकी पुनःस्थापना पछि प्रहरीलाई कुनै अफ्ठयारोमा नपार्ने गाउ"का
अगुवाहरूले प्रतिवद्धता व्यक्त गरेका छन । बुधवार बिहान स्थानीय युवाहरू
प्रहरीलाई बस्न चौकीको सरसफाइ गरेका थिए ।
गाउ"मा शान्ति सुरक्षा कायम गर्न, चोरी तस्करी नियन्त्रण गर्न र
प्रलोभनमा नपर्न डिएसपी यादवले सो चौकीमा खटाइएको प्रहरीलाइ निर्देशन
दिएका छन ।
तीन महीना भन्दा लामो आन्दोलनका क्रममा गाउ"गाउ"मा रहेका प्रहरी चौकीका
प्रहरीहरू असुरक्षित रहेको भन्दै जिल्ला प्रहरी कार्यालयले दुइमहिना अघि
करिव दुई दर्जन चौकीका प्रहरी अन्यत्र सारेका थिए ।
अहिले एक ठाउ"बाहेक सबै चौकीमा प्रहरीहरू बसेर काम गर्न थालेको जिल्ला
प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी बस्न बा"की रहेको मठिया गाविसमा रहेको चौकीमा पनि केही दिनभित्रै
प्रहरी खटाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी
राजेन्द्र पोखरेलले जानकारी दिए । रौतहटमा स्थायी र अस्थायी गरी ४८ वटा
प्रहरी इकाइ रहेका छन ।

प्रतिक्रिया