सुनसरी, मंसिर १३ । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी
नेत्रविक्रम चन्द समूहले आह्वान गरेको एक दिने नेपाल बन्दका कारण पूर्वी
नेपालको जनजीवन प्रभावित बनेको छ ।
राष्ट्रिय स्वाधीनता रक्षाका लागि भन्दै बन्द आह्वान गरेको माओवादीका
कार्यकर्ता आइतबार विहानै देखि सडक र बजारमा निस्किएर यातायातका साधन
संचालन गर्न दिएका छैनन् ।
माओवादी कार्यकर्ताले बजार, कलकारखाना, शैक्षिक संस्थासमेत संचालन गर्न
नदिएपछि मधेशी मोर्चाको बन्दको मारमा परेका पूर्वी तराईका बासिन्दा
माओवादीको बन्द थपिएपछि दोहोरो मारमा परेका छन् ।
माओवादी बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, भोजपुर,
संखुवासभा, तेह्रथुम, इलाम चल्ने लामो तथा छोटो दूरीका यातायातका साधन
संचालनमा आउन नसकेको नेपाल यातायात मजदुर संगठन कोसी अञ्चलका सचिव
लक्ष्मी बाँनियाले जानकारी दिए ।
बन्दका कारण धरान, इटहरी, बिर्तामोड, धनकुटा, दमकलगायतका मूख्य बजार पनि
पूर्ण रुपमा बन्द छन् ।
उता, चन्द माओवादीको बन्द पर्यटकीय नगरी पोखरामा पनि परेको छ । पोखराका
मुख्य बजारहरु खुलेका छैनन् भने यातायातका साधन चल्न सकेको छैन ।
यसैबीच, जर्वरजस्ती बजार बन्द गराउंदै हिड्ने २३ जनालाई प्रहरीले पोखराको
पृथ्वीचोक, सृजना चोक र लेखनाथको पाल चोकबाट एका बिहानै नियन्त्रणमा
लिएको छ ।

प्रतिक्रिया