Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

जलवायु सम्मेलनका लागि विश्वका नेताहरु पेरिसमा

SHARE: 520

ले बर्गे (फ्रान्स), १४ मङ्सिर । विश्वका नेताहरु जलवायु
परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागिताका लागि फ्रान्सको राजधानी पेरिसमा
जम्मा भएका छन् ।
विश्वका करिब १५० देशका नेताहरु सो सम्मेलनमा जम्मा भएका बताइएको छ ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागिताका लागि उनीहरु त्यहाँ जम्मा
भएका हुन् ।
चीन, भारत, रसिया, संयुक्त राज्य अमेरिकालगायतका विश्वका शक्तिशाली
राष्ट्रका सरकारप्रमुखहरु सो सम्मेलनमा सहभागी हुने बताइएको छ ।
कार्बन उत्सर्जनका कारण भएको जलवायु परिवर्तनको असर कमगर्नेसम्बन्धी
विगतका वर्षहरुदेखि जारी रहेको भनिएको सम्झौतामा यस सम्मेलनमा हस्ताक्षर
हुने अनुमान गरिएको छ ।
सो सम्मेलनमा जम्मा भएका नेताहरुको सुरक्षाका लागि कडा सुरक्षा व्यवस्था
अपनाइएको छ । पेरिसमा यसै महिनाको मध्यतिर भएको आतङ्ककारी हमलामा परी
कम्तीमा पनि १२९ जनाको ज्यान गएको थियो ।
सो आक्रमण एक भयानक आतङ्कवादी हमला थियो । यस आक्रमणका कारण उक्त सम्मेलन
पनि सर्नसक्ने अनुमान गरिएको थियो ।
तर फ्रान्सले पछिल्लो समयमा आएर सो सम्मेलन कुनैपनि हालतमा नसार्ने
बताएपछि सम्मेलन आजबाट सुुरु भएको हो ।
नेताहरुले परिसमा मौनधारण गर्ने
आज सुरु भएको सो सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका विश्वका नेताहरुले
सो आतङ्कवादी हमलामा ज्यान गुमाएका नागरिकको स्मरण गर्दै मौनधारण गर्ने
कार्यक्रम रहेको छ ।
साथै ती नेताहरुले पेरिसमा आतङ्कवादी हमला भएको स्थानको पनि निरीक्षण
गर्नेछन् । उनीहरुलाई विभिन्न समय मिलाएर विशेषत सबैभन्दा धेरै नागरिक
मारिएको बाटक्लानमा पुगी सो मौनधारण गर्ने जनाइएको छ ।
बाटकलान नाट्यशाला सबैभन्दा बढी नागरिक शिकार भएको स्थान हो । सो
क्षेत्रमा पुगी विश्वमा आतङ्कवादका विरुद्धमा जारी युद्धको पक्षमा
ऐक्यबद्धता जनाउने कार्यक्रम रहेको पनि बताइएको छ ।
नेताहरु फ्रान्समा रहदासम्मका लागि पेरिस र वरिपरि व्यापक सुरक्षा
सतर्कता अपनाइएको छ । सुरक्षाका लागि पेरिसमा मात्र कम्तीमा दुई हजार ८००
जना प्रहरी खटाइएको जनाइएको छ ।
राष्ट्रपति ओबामाद्वारा श्रद्धाञ्जलि व्यक्त
यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले पेरिसमा भएको आतङ्कवादी
हमलास्थल बाटकलानमा पुगी त्यसमा मारिएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त
गर्नुभएको समाचार छ ।
जलवायु परिवर्तनका कारण हाल संसारमा देखिएको विश्वव्यापी उष्णता
कमगर्नेसम्बन्धी विश्व सम्मेलनका लागि फ्रान्स पुग्नुभएका राष्ट्रपति
ओबामा आजै पेरिस जानुभएको हो ।
राष्ट्रपति ओबामा सोमबार बिहानीपख अर्लि विमानस्थलमा अवतरण गर्नुभएको
थियो । त्यसलगत्तै उहाँ उक्त आतङ्कवादी हमला भएको स्थलमा जानुभएको थियो ।
राष्ट्रपति ओबामालाई फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले आजै सो
विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
उहाँको यस स्थलको छोटो भ्रमणको यसअघि सूचना भने दिइएको थिएन । सुरक्षाका
कारणले उहाँको यस भ्रमणको बारेमा पूर्व सूचना नदिइएको बताइएको छ ।
गत नोभेम्बर १३ मा भएको हमलामा परी १२९ जनाको ज्यान गएको थियो । उक्त
हमलामा मारिएका १२९ जनामध्ये अधिकांश सोही कन्सर्ट हलमा मारिएका थिए ।
फ्रान्समा भएको सो हमलापछि विश्वमा आतङ्ककारी क्रियाकलापका विरुद्धमा
अमेरिका र फ्रान्स एक भएर लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यी दुवै देशले सिरियामा आइएसका विरुद्धमा हवाई हमलालाई पनि निरन्तरता
दिएका छन् । जसका कारण सिरियामा हालैका दिनमा हवाई कारबाही तीव्र भइरहेको
छ । रासस÷एएफपी

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: जलवायु सम्मेलनका लागि विश्वका नेताहरु पेरिसमा
जलवायु सम्मेलनका लागि विश्वका नेताहरु पेरिसमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyG3xKIBz_nbnzIvCJ8W31PHZiXJ4UQleLpSXmYA3oo11PPMLMN-78RM-m4qvmUOBhBaxsZCWXKTByplG70Ace2Y09kpT5srYfjk10E0TjLtRLmmPo8jion5TWpkHWqL2v0SVrjZ_HIuWO/s320/cll-755078.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyG3xKIBz_nbnzIvCJ8W31PHZiXJ4UQleLpSXmYA3oo11PPMLMN-78RM-m4qvmUOBhBaxsZCWXKTByplG70Ace2Y09kpT5srYfjk10E0TjLtRLmmPo8jion5TWpkHWqL2v0SVrjZ_HIuWO/s72-c/cll-755078.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/11/blog-post_399.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/11/blog-post_399.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content