रसुवा, मंसिर ७ । चीनको केरुङ नाका हुँदै नेपालका लागि व्यापारिक
सामानहरु भित्रन थालेका छन् । रेसुओ पोर्ट हुँदै केरुङबाट सामान निकासी
गर्न गएका कन्टेनर धमाधाम नेपाल भित्रन थालेका हुन् ।
यहाँबाट स्याउ, प्याज र रेडिमेड कपडा आइरहेका छन् । अहिले चीनले
रसुवाबासी व्यापारी र चालकलाई मात्रै केरुङ प्रवेश गर्न दिएको छ ।
रसुवाका ६० जना व्यापारी र चालकले मात्र केरुङसम्मको प्रवेश पास पाएका
छन् । अन्य क्षेत्रबाट नाका पुग्ने व्यापारी भने सीमाबाटै फर्कनु परेको छ
।
यसले सामान आयात–निर्यातमा असहता भएको व्यवसायी बताउँछन् । चीनले अरु
व्यापारीलाई पनि केरुङसम्म जान दिने व्यवस्था गर्नुपर्ने व्यापारीहरुले
बताएका छन् ।
रसुवाबाट जाने चालकले कन्टेनर केरुङ पुर्याएर सामान लोड गरी फर्कने
गरेका छन् । त्यस बापत चालकले ५ देखि १५ हजार रुपैयाँसम्म पारिश्रमिक
लिन्छन् ।
तर केरुङमा इन्धन भर्ने ठाउँ नहुँदा समस्या भएको चालकहरुले बताएका छन् ।
यस नाकामा अहिले दैनिक ३० लाखसम्म राजश्व संकलन हुन थालेको भन्सार अधिकृत
केदार पनेरुले जानकारी दिए ।

प्रतिक्रिया