सप्तरी, मंसिर ११ । आन्दोलनका क्रममा गत शनिबार र आइतबार प्रहरीले हानेको
गोली लागि सप्तरीमा मृत्यु भएकाहरुको आज दाह–संस्कार गरिने भएको छ ।
मधेसी मोर्चाले राखेको मागअनुसार जिल्ला सुरक्षा समितिले निर्णय गरेर
कार्यान्वयनका लागि गृह मन्त्रालय पठाएपछि मृतकहरुको अन्तिम संस्कार हुने
निश्चित भएको हो ।
सप्तरीको भारदह, रुपनी र राजविराजमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई
सहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइते भएकाहरुको लागत संकलन
गरी निःशुल्क उपचार गर्ने लगायतका निर्णय गरी मन्त्रालय पठाइएको सप्तरीका
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
राजविराज–१ का दिलिपकुमार साह, डाढा–७ का विरेन्द्र राम, जमुनी मधेपुरा–९
छपकीका नागेश्वर यादव र जमुनी मधेपुरा–३ पर्साहीका शिवशंकर दासको शव
सदरमुकाम राजविराज ल्याएर शवयात्रा निकाली अन्तिम संस्कारका लागि
परिवारजनको जिम्मा लगाइने बताइएको छ ।

प्रतिक्रिया