बारा, ८ मंसिर । बुहारी कुट्ने सासुलाई गाउ"लेले प्रहरीको जिम्मा लगाएका
छन । मनहर्वाको वडा नं. ३ बडहर्वा माथिल्लो टोला निवासी माया रानाले
आफ्नी बुहारीलाई मदिरा सेवन गरि निर्घात कुटपीट गरेपछि स्थानीयले उनलाई
प्रहरीको जिम्मा लगाएका हुन ।
३० वर्षीया बुहारी विन्दा रानालाई सोमवार बिहान सासु मायाले आफ्नी आमा
सहितको सहयोगमा निर्घात कुटपीट गरेको बिन्दाले बताइन् । दैनिक रूपमा
रक्सी सेवन गरि बुहारीलाई कुटपिट गर्ने । लोग्ने स्वास्नी झगडा गर्ने
जस्ता कार्यले सामाजिक वातावरमानै असर परेकाले बाध्य भएर प्रहरीको जिम्मा
लगाउनु परेको स्थानीय गोमा पाठकले बताए ।
सासुको कुटाईबाट बेहोस भएकी बिन्दाको स्थानीय स्वास्थ संस्थामा उपचार
पछि केही घण्टामा होस आएको थियो । उनको टाउको र ढाडमा चोट लागेको छ ।
बिना कारण सासु र बुढिसासु मिलेर पिटेको घाइते बिन्दाले बताइन् ।
मदिरा सेवन गरि बुहारी कुटेको आरोपमा स्थानीयको सहयोगमा नियन्त्रणमा
लिएका थियौं । आईन्दा झैझगडा नगर्ने विरामी बुहारीको थप उपचार गर्ने
लिखित सहमतिमा हाललाई दोष्ीा माया रानालाई छाडिएको प्रहरी चौकी जैतापुरका
ईन्चार्ज रामु गिरीले जानकारी दिए ।

प्रतिक्रिया